मलेसिया रोजगार अपडेट – मलेसिया सरकारको ठूलो घोषणा, नेपालीलाई निकै राहत !

जागृति खबर संवाददाता

क्वालालम्पुर ।

भिसा सकेर मलेशिया आउन रोकिएका विदेसीहरु लाई बिना सर्त फेरी मलेशिया को भिसा रिनिउ गर्ने सकिने भनेर गृह मन्त्रालयले सूचना प्रकासित गरको छ।

मलेशिया कम्पनी हरु ले आफ्नो पुरानो कामदार लाई ल्याउन KDN बाट सशर्त भिसा स्वीकृति पत्रको निबेदन खोलेको सूचना भर्खरै मलेशिया गृह मन्त्रालय ले प्रकासित गरेको छ।

सो सूचना मा लिखित अनुसार १ मार्च २०२० देखि ३०

सेप्तेम्बेर २०२१ सम्म सकेको भिसा कुनै कारण वस रिनिउ गर्न असफल भएको या आफ्नो देश फिर्ता गएर को’विद को कारण मलेशिया फिर्ता आउन नपाई कन भिसा सकिएको हरु ले पूर्ण बिना शर्त फेरि मलेशिया KDN बाट भिसा रिनिउ गर्न सकिने।

मलेशिया सरकार ले जब नया बिदेसी कामदार आउन स्वीकृति दिन्छ त्यति बेला पुरानो कामदार पनि आउन मिल्छ यस बिना सर्त निबेदन बाट।

यता : मलेसियामा कामदारले अबदेखि लेबी तिर्न नपर्ने भएको छ । मलेसिया सरकारले रोजगारदाता कम्पनीले नै लेबी तिर्नपर्ने व्यवस्था लागू गरेको खबर नयाँ पत्रिकामा छ ।

मलेसियाका गृहमन्त्री दातुक अहमद जायिद हमिदीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नयाँ नियम आइतबारदेखि लागू हुने जनाएका छन् । मलेसिया सरकारले दुई वर्षअघि मात्र लेबी शुल्क दोब्बर बनाएको थियो ।

कामदारले वार्षिक दुई हजार ६ सय रिंगेट लेबी तिर्नुपर्ने अवस्था थियो । कामदारसँग लेबी उठाएकोमा मलेसियाको आलोचना हुँदै आएको थियो ।

श्रम सम्झौता गर्न मलेसियाका प्रतिनिधि आउँदै नेपाल र मलेसिया सरकारबीच श्रम–सम्झौताको विषयमा लामो समयदेखि छलफल चलिरहेको छ ।

मलेसिया सरकारका प्रतिनिधि एक महिनापछि श्रम–सम्झौताको मस्यौदामा छलफल गर्न नेपाल आउने तयारीमा छन् । सरकारले कामदारको हितका यस्ता निर्णय नेपालसँगको श्रम–सम्झौतामा नै उल्लेख गर्नुपर्ने सुझाब दिएका छन् ।