शुन्य लागतमा मलेसियाको प्रतिष्ठित कम्पनीमा रोजगारीको अवसर, यति छ तलब सुबिधा

जागृति खबर संवाददाता

काठमाडौं ।

शुन्य लागतमा मलेसियाको सेम्बिलान शहरमा रहेको एक प्रतिष्ठित कम्पनीमा नेपालीको लागि रोजगारीको अवसर आएको छ ।

मलेसियामा रहेको उक्त कम्पनीमा जान इच्छुक नेपाली ब्यक्तिहरुले मेनपावर कम्पनीमा सम्पर्क गरेर मलेसिया जान सकिने छ भने कुनै पनि एजेन्ट मार्फत पैसा नदिन समेत अनुरोध गरिएको छ ।

फ्री भिसा, फ्री टिकेट संगै शून्य लागत रहेको मलेसियाको सि पाक कम्पनीको लागि ४० जना नेपाली नागरिकको लागि डिमान्ड आएको छ ।

नेपालको बिएस ओभरसिज प्राली काठमाडौंले सुचना प्रकाशित समेत गरेको छ भने त्यसको लागि इच्छुकले कार्यालयमा सम्पर्क गर्न तथा मेनपावर कम्पनीको कार्यालयको फोन नम्बरमा सम्पर्क गर्न समेत बताइएको छ ।

मलेसियामा रहेको उक्त कम्पनीको लागि प्रोडक्सन अपरेटरको लागि माग आएको हो ।भने तलब सुबिधा ३२ हजार भन्दा बढी हुने र ओभरटाइम समेत रहेको जनाइएको छ ।

बिस्तृतमा हेर्नको लागि तलको बिज्ञापनमा दिएको नम्बरमा समर्क गर्न सकिमे छ ।

कलिङ भिसा
तर पहिले नै कलिङ भिसा आइसकेकाको हकमा भने केही दिनमै टुङगो लाग्ने निमित्त सचिव घिमिरेले बताए।

उनले भने “जुन विषयमा हाम्रो असहमति भएको हो त्यो विषयलाई सम्बोधन हुने गरी आयो भने हामी उनीहरूलाई पठाउन तयार छौं भनेर मलेशिया सरकारलाई लिखित रुपमै भनेका छौं। हाम्रो राजदूतले पनि पहल गर्नु भएको छ सम्भवत त्यो केही दिनमै टुङ्गोमा पुग्ला।”

नेपालले विगतमा भिसाको काम गर्दै आएका संस्थाहरू विवादित भएको भन्दै त्यसको सट्टा दूतावास मार्फत अथवा अन्य संस्था मार्फत भिसाको काम गर्ने व्यवस्था मिलाइ दिन आग्रह गरेको बताइएको छ।

कलिङ भिसा आएर जान रोकिएका कामदारको संख्या झन्डै साढे ६ हजार रहेको व्यवसायीहरूको भनाइ छ। विगतमा मासिक १० हजारको संख्यामा नेपाली कामदार मलेशिया जाने गरेका थिए।

सम्झौता अनुसार जाने कामदारले अब कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने अधिकारीहरूको भनाइ छ।