एमसिसि पास नभए देउवाले प्रधानमन्त्री पद छो’ड्ने घोषणा !

जागृति खबर संवाददाता

१९ पुस, काठमाडौं ।

सरकार बनेको २ महिना सम्म पनि मन्त्रीपरिषद सम्म विस्तार गर्न नसकेर लाचार भएका देउवाले एमसीसी पास गर्न भने दिलो ज्यान लगाएका लगाउनुभएको छ।

चौतर्फी वि’रोधका बाबजुत अमेरिका र इण्डीया लाई खुशि बनाउँन मात्रै देउवाको मूख्य दा’उ देखिन्छ । एम सीसीकै बिषयमा सत्तागठबन्धनमा गम्भिर खटपट सुरु भएको छ।

एमसीसी पास नगरि मन्त्रीपरिषदनै विस्तार न’गर्ने अडान प्रधानमन्त्री देउवाले लिनुभएको छ। यथास्थितीमा एम सीसी पासगर्न नसकिने अडान राखेको माओवादी केन्द्र र नेकपाएस देउवाको अडानपछि झस्किएको छ।

उच्च स्रोतको दा’वी अनुसार प्रधानमन्त्री देउवाले गठबन्ध नका नेताहरुलाई एमसीसी पास गराउँन सहयोग नगरे तुरुन्त संसद विघठन गरेर निर्वाचनमा जाने सम्मको चेतावनी दिनुभएको बताईएको छ।

देउवाको चेतावनी पछि प्रचण्ड र माधव नेपाल चेपुवामा परेको दा’वी गरिएको छ।

अधिवेशनको सुरुमै एमसीसी पास गर्ने गरि तयारी गरिएको छ एम सीसी पास गर्नकै लागी देउवा सरकारले देशभर सुरक्षा हाईअलर्ट बनाएको छ।

कर्णालीबाट माओवादी केन्द्रमा २९ केन्द्रीय सदस्य, मुगु शून्य
नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् । माओवादी केन्द्रको यही पुस ११–१८ सम्म काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्ला मध्य नौँ जिल्लाबाट केन्द्रीय सदस्यमा कूल चयन गरेको हो । जसमा सबैभन्दा बढी जाजरकोटबाट शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, सत्य पहाडी, रामदीप आचार्य, कृष्णा शाह र पार्वती विक, सुर्खेतबाट नरबहादुर विष्ट, झकबहादुर मल्ल, विन्दमान विष्ट, पुष्पा घर्ती, सीता नेपाली र हरिमाया शर्मा केन्द्रीय सदस्यमा चयन हुनुभएको छ ।

त्यस्तै, रुकुमपश्चिमबाट जनार्दन शर्मा, राजकुमार शर्मा, वसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन, जुम्लाबाट गजेन्द्रबहादुर महत, नरेश भण्डारी र गोमा कुँवर, कालीकोटबाट महेन्द्रबहादुर शाही, विष्णुबहादुर विक र यशोदा न्यौपाने, सल्यानबाट टेकबहादुर बस्नेत र टीका बुढाथोकी, हुम्लामा छक्कबहादुर लामा र विजय भण्डारी सर्वसम्मत चयन भएको केन्द्रीय सदस्य नरेश भण्डारीले जानकारी दिनुभयो ।

आठौँ महाधिवेशनबाट कर्णालीको सबैभन्दा कम डोल्पामा एकजना काली चलाउने केन्द्रीय सदस्यमा चयन हुँदा मुगु भने केन्द्रीय सदस्यविहीन बनाइएको छ । केन्द्रीय सदस्य भण्डारीले पार्टीले मुगुलाई पनि न्याय गर्न मनोनीत केन्द्रीय सदस्य लिने बताउनुभयो । उहाँका अनुसार मुगुका नेता मङ्गल शाही केन्द्रीय सदस्यमा मनोनीत हुने देखिएको छ । केन्द्रको २३६ केन्द्रीय कार्य समिति सदस्यमा कर्णालीको १२ प्रतिशत सदस्य सङ्ख्या रहेको छ ।