स्टेजमै कु’टिए चर्चित गायक राजेश पायल राई (भिडियो सहित)

जागृति खबर संवाददाता

काठमाडौं ।

‘राई इज किंग’ भनेर चिनिने चर्चित गायक राजेश राई स्टेजमै कु’टिएका छन्। अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा अमेरिकामा आयोजित एक कन्सर्टमा एक दर्शकले गायक राईलाई गीत गाइरहेको अवस्थामा छेउमा गएर घाँ’टी न्या’केका हुन्।त्यसपछि दर्शकहरुले राईलाई जोगाएका थिए। राईलाई कसले पि’टेको हो भन्ने नाम खुलेको छैन। विस्तृत समाचार केहि समपछि।

राजेश पायल राई नेपाली गायक हुन । उनले थुप्रै नेपाली चलचित्रका गीतहरूमा स्वर दिइसकेका छन । उनी विश्वमै ५ घण्टामा ९ गीत रेकर्ड गर्ने उनी नै पहिला गायकका रुपामा उनलाई चिनिन्छ। पिता रत्न राई र माता सञ्चलक्ष्मी राईका सन्तानका रूपमा उनको जन्म वि.स.२०३२ असोज १४ गते खोटाङको बुइपा भनने ठाउमा भएको थियो। उनको पहिलो गीत रेडियो नेपालमा रेकर्डिङ भयको सम्झनाको कुरा नगर भन्ने बोलको गित पहिलो थियो ।

उनलाई चचिर्त बनाउन सफल गित फैलियो माया दुबो सरि र बैगुनी रैछौ मायालु जस्ता गीतहरु रहेका छन्। उनले २०६६ सालमा प्रसारण भएको चलचित्र शिलशिलाबाट विभिन्न अवार्ड समेत प्राप्त गरेका छन् ।

प्रधानमन्त्री कप छनौट प्रतियोगिताः बैतडीको विजयी सुरुवात
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटअन्तर्गत बैतडीले विजयी सुरुआत गरेको छ ।

आज सम्पन्न छनौटको पहिलो खेलमा डोटीलाई १९९ रनले पराजित गर्दै बैतडीले विजयी सुरुआत गरेको हो ।

बैतडीले दिएको ३४१ रनको विशाल लक्ष्य पन्छाएको डोटी ३२.२ ओभरमा १४१ रनमा समेटियो । डोटीका लागि क्रिस ऐरले ३८, हुदय बिठारीले २८, खगेन्द्र जोशीले २३, आयुश खड्काले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बैतडीका लागि वीरेन्द्र नाथले उत्कृष्ट बलिङ गर्दै ५ विकेट हात पारे । जगदीश चन्दले २, कप्तान रामचन्द र लोकेन्द्र चन्दले १÷१ विकेट लिए ।

त्यसअघि कभर्ड हल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित ३५ ओभरमा ५ विकेटको क्षतिमा ३४० रनमा बनायो । जसमा दीपक बोहराले शतकीय पारी खेल्दै १११ रन जोडे । गजेन्द्र बोहराले ९० र लोकेन्द्र चन्दले ६४ रन बनाए । डोटीका सविन महराले २, भोजराज भट्ट र रिदम बलायरले १÷१ विकेट झारे ।

बैतडीका दीपक बोहरा म्यान अफ द म्याच चुनिएका सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिनुभयो । प्रदेशस्तरीय छनौट प्रतियोगितामा यहाँका आठ टोलीको सहभागिता रहेको छ । सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनौट गरेर सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ गतेदेखि काठमाडौंमा हुँदैछ ।