महाधिवेशनमा पत्तासाफ भएपछि देश छाड्दै सुजाता, कहिले पनि नफर्किने घोषणा !

जागृति खबर संवाददाता

१५ पुस, काठमाडौं ।

नयाँ नेतृत्व चयनका लागि १४ महाधिवेशनको निर्वाचनमा सभापतिका लागि प्रतिस्पर्धा गरेका शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि अहिले सभापतिमा पराजित भएपछि कांग्रेसको केन्द्रीय कार्यसमितिबाट विस्थापित भएर सीधै सडकमा आएका छन् ।

दोस्रो चरणको निर्वाचनमा सहयोग गरेबापत प्रकाशमान सिंह, विमलेन्द्र निधिसँगै निर्वाचनमा भाग नलिएर परोक्षरुपमा सहयोग गरेका रामचन्द्र पौडेललाई पनि उनीहरुले आफ्नो सफलताका लागि गरेको योगदानको कदर गर्दै सभापति शेरबहादुर देउवाले विधानले दिएको ३३ जना केन्द्रीय

सदस्य मनोनीत गर्ने अधिकारलाई प्रयोग गर्दै केन्द्रीय कार्यसमितिमा ल्याउने देखिएको छ ।

तर, दोस्रो चरणको निर्वाचनमा सहयोग पु¥याएका यी कांग्रेसी नेताहरुलाई सभापति देउवाले सडकबाट तानेर केन्द्रीय कार्यसमितिमा ल्याउँदा

उपसभापतिमा पराजित भएका महेश आचार्य, विजय गच्छदार र सुजाता कोइरालाको हालत भने के होला भन्ने उत्सुकता अहिले कांग्रेसभित्र व्यापक रुपमा उठेको छ ।

यसैगरी, प्रधानमन्त्री देउवाकै प्यानलबाट महामन्त्रीमा उठेका तर पराजित भएका प्रकाशशरण महत भने आफूलाई सभापति देउवाले तानेर केन्द्रीय कार्यसमितिमा लैजानेमा ढुक्क छन् ।

उता प्रकाशमान सिंह प्यानलबाट उपसभापतिमा उम्मेद्वार भएकी, तर नराम्रो पराजय भोगेकी सुजाता कोइरालाको प्राथमिकतामा भने केन्द्रीय कार्यसमितिभन्दा मिनेन्द्र रिजालले राजीनामा गरेपछि रिक्त रहेको रक्षा मन्त्रालय र यो सरकार गठन भएलगत्तै चर्काे विवादमा परेर गजेन्द्र हमालले

राजीनामा गरेर रिक्त रहेको र अहिले प्रधानमन्त्री देउवाले नै सम्हालिराखेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय रहेको छ ।

यदि सम्पन्न निर्वाचनमा सहयोग गरेवापत तत्कालीन महामन्त्री शशांक कोइरालाको सिफारिसमा आफू रक्षा अथवा उद्योग वाणिज्य मन्त्री हुन नपाए मुुलुक नै छाडेर बा“की जीवन आफ्ना पिता स्व.गिरिजाप्रसाद कोइराला र आफूले कमाएको सम्पत्तिमार्फत बंगलादेशबाट बसाईं सरेर लण्डन पुगेकी आफ्नी छोरीस“ग जीवन बिताउने योजनामा उनी रहेकी छिन् ।

मेरो वरियता कार्यकर्ताले दिएको मत हो : डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्ना कार्यकर्ता दिएको वरियता नै आफ्नो नम्बर भएको बताएका छन् । पार्टी समितिबाट भएको निर्णयबारे तोकिएको वरियतामा असन्तुष्ट देखिएका कोइरालाले आफूलाई प्राप्त १८ सय ५५ मत नै आफ्नो वरियता भएको बताए ।

नेता कोइरालाले आफू पार्टीको वरियातामा २० औँ नम्बरमा भए पनि आफूले प्राप्त गरेको १८ सय ५५ मत नै आफ्नो वरियाता रहेको उनले भनाइ छ ।

१४औँ महाधिवेशनपछि गृहनगर विराटनगर फर्कने क्रममा विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कोइरालाले पारिवारिक समस्या नै हार व्यहोर्नुको कारण भएको बताए ।

परिवारभित्रकै भाइ, बहिनी र नेताहरूलाई मिलाएर लान नसकेकाले आफूले गणितीय हार व्यहोर्नुपरेको बताए । ‘मैले भाइ, बहिनी र मेरै नेताको चित्त बुझाउन सकिनँ,’ कोइरालाले भने, ‘चित्त बुझाउन नसक्नु नै मेरो कमजोरी थियो ।’

पार्टी सभापतिमा शेरबहादुर देउवाबाट पराजय व्यहोरेका कोइरालाले पार्टीमा हिजोको भन्दा भूमिका बढी हुने बताए ।

‘पार्टीभित्रको हिजो केन्द्रीय सदस्य भएको भन्दा भूमिका अझ बढ्नेछ,’ उनले भने, ‘पार्टीको कामसँगै अब तीन तहको निर्वाचनमा केन्द्रित हुन्छु ।’