मलेशियाको गृहमन्त्रीको चे’तावनी अब इलिगल बस्ने नेपालीलाई तनाब !

जागृति खबर संवाददाता

क्वालालम्पुर ।

मलेशिया गृहमन्त्री हमजाह को चे”तावनी रिक्या’लिब्रेसन ३१ दिसम्बर २०२१ मा सके पछि ठूला स्तरमा छा”पा हा”न्ने र इलिगल कामदारलाई डिपोर्ट गर्ने जनाएको छ ।

अब मलेसिया सरकार क”डा रुपमा प्रस्तुत हुने र दिएको मौकामा पनि रिक्या’लिब्रेसन कार्यक्रममा सहभागी नहुनेलाई का’रबाही गरिने जनाएको हो । मलेशिया गृहमन्त्री हमजाह को चे”तावनी रिक्यालि’ब्रेसन ३१ दिसम्बर २०२१ सम्म रहने छ ।

त्यतिबेलासम्म इलिगल सअबै कामदार कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन् । सुरुमा जुन देखिसुरु गरेको घर फिर्ती योजना रहेको मलेसिया सरकारले को’रोनाको कारण देखाउदै फेरि इलि’गलहरुलाई घर फिर्ताको मौका दिने भएको छ ।

सुरुमा ६ जुनदेखि ईन्डोनेसियाली नागरिकलाई स्वदेश फर्काउन सरु गरेको मलेसियाले फेरि स्वदेश फर्किन मौका दिने भएको छ । अन्य देशका नागरिकलाई पनि फेरि स्वदेश फर्किनको लागी सुरु गरिने तयारी भएको मलेसियाका रक्षा मन्त्री

ईस्माईली सा’व्री याकोवलाई उधृत गर्दै स्थानीय पत्रिका ‘द स्टार’ले जनाएको छ । फर्कने कामदारको सुरुमा को’रोना परीक्षण गरिनेछ । परीक्षणमा काे’रोनाको संक्र’मण नदेखिएकाहरुलाई स्वदेश फर्काउन सुरु गरिनेछ ।

हाल मलेसियाको घरफिर्ती केन्द्रमा सबैभन्दा धेरै इन्डोनेसियाली र नेपाली नागरिकहरू रहेका छन । मलेसिया सरकारले मलेसियाको विभिन्न जेलमा रहेका अवैधा’निक हैसियतका आफ्ना नागरिक घर फिर्ता लैजान विभिन्न देशका सरकारलाई अनुराेध गरेको छ ।

हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग पुनःसञ्चालन
हिमपातका कारण बुधबार बिहानदेखि अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सञ्चालन भएको छ । सडक डिभिजन कार्यालयको डोजरले हिउँ पन्छाएपछि राजमार्ग सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

उक्त राजमार्गको गैरा, साहुँखर्क र हगुल्टे लेकमा परेको बाक्लो हिमपातका कारण यहाँको यातायात सेवा बुधबार बिहानदेखि अवरुद्ध हुँदा दर्जनौँ सवारी साधन तथा यात्रु बीचबाटोमै अलपत्र परेका थिए । राजमार्ग सञ्चालन भएसँगै जाममा परेका सवारी साधन तथा यात्रु आ–आफ्नो गन्तव्यतिर लागेको घण्टेश्वर प्रहरीचौकी गैराले जनाएको छ । यहाँका पहाडी जिल्लाका उच्च लेकाली क्षेत्रमा हिमपात जारी रहेको प्रहरीले जनाएको छ ।

यसैगरी सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा गएरातीदेखि हिमपात भइरहेको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । हिमपातले नागरिकलाई घर बाहिर निस्किन सकस भइरहेको बताइएको छ । हिउँ करिब एक फिट जति परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुल्मले जनाएको छ ।

हिमपातका कारण त्यहाँको तापक्रम माइनस पाँच डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउलगायत क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जानकारी दिएका छन् । बाक्लो हिमपात भइरहेका कारण यहाँका नागरिकले घर बाहिर निस्किन पाइरहेका छैनन् । हिमपात भएपछि लेकाली क्षेत्रमा लगाइको गहुँ खेती सप्रिने भन्दै किसान खुसी भएका केआइसिंह गाउँपालिकाका बासिन्दा जहरसिंह खवासले जानकारी दिनुभयो ।