१४ बर्षिया बालिकाले दिईन यस्तो उजुरी, काठमाडौंको बुढानिलकण्ठबाट लाक्पा ग्यावा पक्राउ

जागृति खबर संवाददाता

१३ पुस, काठमाडौं ।

काठमाडौंमा १४ वर्षीय किशोरीलाई ज’बर’ज’स्ती यौ’नस’म्प’र्क ग’रे’को अभियोगमा २१ वर्षीय लाक्पा ग्यावा पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका–२ चपलीमा डेरा गरी बस्ने रसुवा पाटीखर्क घर भएका लाक्पाले किशोरीलाई ज’ब’रज’स्ती यौ’नस’म्प’र्क ग’रे’को आरोपमा आइतबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ती किशोरीलाई डेरातर्फ जाँदै गरेको अवस्थामा शनिबार राति लाक्पाले घरेलु म’दि’रा से’व’न गराई आफ्नै डेरामा लगि ज’बर’ज’स्ती क’र’णी ग’रे’को आरोप छ । लाक्पालाई सोही नगरपालिका–४ पासिकोटबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यो पनि, उच्च हिमाली जिल्ला हुम्लामा केही दिनयता नियमित हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । चिसोले सबैभन्दा वढी विद्यार्थीलाई समस्या बनाएको जनाइएको छ । चिसो बढेपछि यहाँका विद्यालयले खुला चौरमा परीक्षा सञ्चालन गरिरहेका छन् ।

सात गाउँपालिका रहेको जिल्लाका अधिकांश विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ । जिल्लामा तेस्रो पटक हिमपात भएपछि चिसोले कक्षा कोठाभित्र कठ्याङ्ग्रिने अवस्था आएको छ । खुला चौरका पारिलो घाममा विद्यार्थीको परीक्षा लिइरहेको मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी दिनुभयो ।

सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा थप चिसो अत्याधिक बढेको छ । खुला चौरमा परीक्षा दिइरहेको अदानचुलि गाउँपालिकास्थित सूर्योदय माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्र दीपक फडेराले बताउनुभयो ।

उहाँले भन्नुभयो “ हिमपात भएपछि विद्यालयको कक्षा कोठाभित्र चिसोले हात कठ्याङ्ग्रिएर कलम चलाउनसमेत कठिन हुने गरेको छ । खुल्ला चौरमा परीक्षा दिन बाध्य छौँ । ” विद्यार्थीले यसवर्ष पनि कोरोनाले पूरै समय अध्ययन गर्न नपाएको र चिसोले परीक्षा दिन सकस भइरहेको जनाएका छन् ।

सिमकोट गाउँपालिकास्थित मानसरोवर नमूना माध्यमिक विद्यालयका छात्रा एञ्जीला रोकायाले घाममा आएर परीक्षा दिन थालेपछि लेख्न सजिलो भइरहेको बताउनुभयो । विद्यार्थीले कक्षा कोठाभित्र चिसोले परीक्षा दिन समस्या भएको बताएपछि घाममा बसेर परीक्षा दिने व्यवस्था गरिएको विद्यालयले जनाएको छ । शिक्षक रेसमराज रोकायाले चौरमा परीक्षा सञ्चालन भइरहेको बताउनुभयो ।