अस्ट्रेलियामा ओमिक्रोनबाट पहिलो पटक एकको मृत्यु, संक्रमित बढेसँगै सीमामा पुनः कडाई

जागृति खबर संवाददाता

काठमाडौं ।

अस्ट्रेलियामा कोभिडको नयाँ भाइरस ओमिक्रोनबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । न्यु साउद वेल्स राज्यमा ओमिक्रोनबाट एक ८० वर्षीय बृद्धको मृत्यु भएको हो ।

केयर फेसिलिटीमा संक्रमित उनको उपचारका क्रममा सिड्नीको एक अस्पतालमा मृत्यु भएको हो । पछिल्लो समयमा अस्ट्रेलियामा कोभिड संक्रमितको संख्या बढेको छ । संक्रमितको संख्या बढे पनि अस्पतालमा भर्ना हुने दर भने घटेको छ । अस्ट्रेलियामा कोभिडका कारण बन्द गरिएका सीमाना दुई वर्षपछि दुई साताअघि खुला गरिएको थियो । पछिल्लो समयमा ओमिक्रोन संक्रमित बढेसँगै सीमामा पुनः कडाई पार्ने बारेमा आवाज उठेको छ ।

यो पनि, छिमेकी देश भारतको कोभिड–१९ भाइरसको नयाँ भेरियन्छ ५०० भन्दा बढीमा फेला परिरहेको छ। आइतबार रातिसम्म भारतमा ओमीक्रोन भेरियन्ट पुष्टि हुनेको संख्या ५२९ पुगेको भारतीय मिडियाले जानकारी दिएका छन् । भारतको १९ राज्यमा यो भेरियन्ट फेला परिसकेको । सबैभन्दा बढी महाराष्ट्रमा १४१ जनामा भेटिएको। त्यसपछि दिल्लीमा ७९ जनामा ओमीक्रोन पुष्टि भएको छ ।

भारतमा ओमीक्रोन भेरियन्ट निरन्तर फैलिरहेका बेला राहत दिने खबर पनि आएको छ। ओमीक्रोन संक्रमण देखिएर अस्पताल भर्ना भएकाहरु सामान्य उपचारमै ठिक भइरहेका छन् । दिल्लीस्थित नायक जयप्रकाश नारायण अस्पतालका डा.सुरेश कुमारले बताए अनुसार ओमीक्रोन संक्रमण देखिएकाहरुलाई अहिलेसम्म अक्सिजन, भेन्टिलेटर सर्पोटमा उपचार गर्नुपरेको छैन । रेम्डिसिभर लगाइका औषधि पनि प्रयोग गर्नु परेको छैन।

उक्त अस्पतालमा ओमीक्रोन देखिएका ५१ जना भर्ना भएकोमा ४० जना घर फर्किइसकेका छन् । केहीमा सामान्य लक्षण् देखिनुबाहेक अन्यको अवस्था सामान्य भएको डा.सुरेशले बताएका छन् ।