बज्यो खतराको घन्टी : खोप लगाएका ४२२ जनामा देखियो ओमिक्रोन

जागृति खबर संवाददाता

काठमाडौं ।

भारतमा कोभिडनको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ४२२ पुगेको छ । संक्रमितमध्ये सवैभन्दा बढी महाराष्ट्रका छन् । सकारले कोभिडविरुद्ध अग्रमोर्चामा खटिएका र ६० वर्षमाथिका बृद्धबृद्धालाई बुस्टर डोज दिने तयारी गरेको छ ।

महाराष्ट्रमा १०८ जनामा नयाँ भेरियन्ट देखिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ओमिक्रोनबाट संक्रमित ४२ जना निको भएर घर फर्किएका छन् । त्यस्तै, दिल्ली र गुज्रातमा क्रमशः ७९ र ४३ जनामा ओमिक्रोन देखिएको छ ।

दक्षिणी तेलंगना राज्यमा ४१ जना र केरलामा ३८ जनामा ओमिक्रोन देखिएको छ । ओमिक्रोन संक्रमितमध्ये धेरैले कोभिड खोप लगाएको बताइएको छ ।

अस्पताल बनाउन रु ६० लाख सहयोग
मैदेल सेरोफेरो गुरुङ समाज लाउरेटोल काठमाडौँले यहाँस्थित दूधकोशी सामुदायिक अस्पतालको भवन बनाउन करिब रु ६० लाख सहयोग गरेको छ । सोलुको थुलुङ दूधकोशी गाउँपालिका–६ मैदेल स्थायी ठेगाना भइ लाउरेटोल निवासी गणेशबहादुर गुरुङ र गोविन्द गुरुङले उक्त रकम सङ्कलन गर्नुभएको हो ।
अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष बलराम गुरुङले अनुसार समाजले समितिलाई आइतबारमात्र रु १४ लाख ८३ हजार ६४१ हजार हस्तान्तरण गरेको थियो ।

सो अवसरमा समाजका १०३ जनालाई खादासहित सम्मानपत्र प्रदान गरिएको थियो । थुलुङ दूधकोशी गाउँपालिका अध्यक्षसमेत रहनुभएका अस्पताल सञ्चालन समितिका अध्यक्ष असिम राईले सबैको सहयोगबाट अस्पताल भवन निर्माण ९५ प्रतिशत पूरा भएको र आगामी फागुनको पहिलो हप्ताभित्र सञ्चालनकोे तयारी भएको जानकारी दिनुभयो ।

स्थानीयवासीलाई सामान्य उपचारको लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता रही आएको छ । अस्पताल निर्माण सम्पन्न गर्न करिब रु ३० करोड खर्च हुने अनुमान गरिएको छ । गाउँपालिका केन्द्र मुक्लीमा रहेको सो अस्पताल निर्माणार्थ महायज्ञ समेत लगाइएको थियो ।