कोरियामा नेपाली श्रमिकको तलब बढ्यो, हेर्नुस् कति ?

जागृति खबर संवाददाता

काठमाडौं ।

दक्षिण कोरियामा काम गर्नेहरुको तलब बढेको छ। सोमबार बसेको ज्याला निर्धारण समितीको बैठकले न्यूनतम तलब प्रतिघण्टा ९ हजार १ सय ६० वन पुर्याएको छ।

यो रकम गत बर्षको भन्दा ५ दशमलब १ प्रतिशतले बढेको हो। अब कोरियामा काम गर्नेहरुले प्रतिघण्टा न्यूनतम करिब ८ डलर आम्दानी गर्नेछन।

न्यूनतम ज्याला निर्धारण समिती जसमा ९ जना सदस्यहरु रहने गर्दछन। यस समितीमा मजदूरका पक्षबाट, ब्यवसायीहरुको तर्फबाट र सर्वसाधारण बाट प्रतिनिधित्व हुने गर्दछ।

सोमबार सरकारी कम्प्लेक्स सेजोङमा भएको लामो मिटिङले म’ध्यरा’तमा ज्याला बढाउने निर्णय गरेको थियो।

२०२२ को दक्षिण कोरियाको तलब

कोरिया जान पाउनुपर्ने माग गर्दै प्रदर्शन

दक्षिण कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले जान पाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरेका छन्।

सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण उडान बन्द गरेपछि इपिएस पाससहित सम्पूर्ण प्रक्रिया पूरा गरी बसेका उनीहरुले उडान सञ्चालन गर्नुपर्ने माग गर्दै आज माइती घर मण्डलामा प्रदर्शन गरेका हुन्।

कोभिड–१९ को जोखिम बढ्दै गएपछि सरकारले गत चैत ११ गतेदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै उडान बन्द गरेको छ । प्रदर्शनमा सहभागीले ‘कि रोजगारी दिनुपर्‍यो, कि कोरिया जान दिनुपर्‍यो’ र ‘कोरियाका लागि अन्तर्राष्ट्रिय उडान नियमित गरियोस्’ लेखिएका प्ले कार्ड बोकेका थिए।

प्रदर्शनमा सहभागी दीपेश लामिछानेले स्वदेशमा रोजगारी नभएको अवस्था कोरियाका लागि सबै प्रक्रिया पूरा भइसकेको बताउँदै जतिसक्दो चाँडो अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सरकारसमक्ष आग्रह गरे।