चर्चित व्यापारीको घरबाट १ अर्ब ७७ करोड रुपैयाँ जफत, को हुन् उनि ?

जागृति खबर संवाददाता

एजेन्सी।

भारतमा एक जना अत्तर व्यवसायीको घरबाट १ अर्ब ७७ करोड भारतीय रुपैयाँ बरामद गरिएको छ। कर छलीको आरोपमा अनुसन्धान गरिरहेको भारतको जीएसटी,

इन्टेलिजेन्सको टिमले अत्तर व्यवसायी पियुष जैनको घरबाट उक्त परिमाणमा रकम बरामद गरेको हो। बिहीबार र शुक्रबार जैनको उत्तर प्रदेशको कन्नौजस्थित घरमा छापा मारिएको थियो।

अन्य ठाउँमा पनि पैसा लुकाइएको छ कि भनेर अहिले पनि छापा मार्ने काम जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जैन र उनका अन्य दुई जना व्यापारिक साझेदारका ११ ठाउँमा छापा मारिएको थियो।

विभिन्न कम्पनीमार्फत ३ करोड ९ लाख कर छली भएको खुलेको अनुसन्धानमा खटिएका अधिकारीहरूले जनाएका छन्। जैनले विभिन्न बैंकबाट ऋण लिएको विदेशमा समेत ठूलो लगानी,

गरेको प्रमाण पनि भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कन्नौजको छपट्टीका स्थायी बासिन्दा जैनको प्रमुख व्यवसाय अत्तर उत्पादन नै हो। उनले त्रिमूर्ति फ्र्यागनेन्स प्राइभेट,

लिमिटेडमार्फत शिखर पान मसला पनि उत्पादन गर्दै आएका छन्। पश्चिम एसियामा २ सहित उनका करिब ४० कम्पनी रहेका छन्। कर छल्नकै लागी उनले नक्कली कम्पनी,

खडा गरेको र ती कम्पनीका नाममा बीजक जारी गरेको पनि भेटिएको छ। जैन समाजवादी पार्टीका अध्यक्ष तथा उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवनिकट व्यवसायी मानिन्छन्।

तेस्तै, अमेरिकाले चीनका आठ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकामा विकसित प्रविधि चीनले सैन्य प्रयोगमा ल्याएको भन्दै अमेरिकाले प्रतिबन्ध लगाएको हो।

राष्ट्रिय सुरक्षामा र विदेश नीतिमा जोड दिँदै अमेरिकी सरकारले अमेरिकी प्रविधि चीनलाई प्रयोग गर्नबाट रोक्न केही चिनियाँ कम्पनीविरुद्ध पछिल्लो कदम चालेको हो।

अमेरिकी प्रतिबन्धको चीनले विरोध गरेको छ। बेइजिङमा पत्रकार सम्मेलन गर्दै चीनका विदेश मन्त्रालयका प्रवत्ता झाओ लिजियानले चिनियाँ कम्पनीहरुलाई दबाउन अमेरिकाले राज्य,

शक्ति दुरुपयोग गरेको आरोप लगाए। अमेरिकाको पछिल्लो कदमले चिनियाँ कम्पनीको चासोलाई असर गर्नुको साथै अन्तर्राष्ट्रिय अर्थतन्त्र र स्वतन्त्र व्यापरको नियम उल्लंघन गरेको छ। उनले भने।

अमेरिकी कदमले विश्वव्यापी औधोगिक सञ्जाल गम्भीर जोखिममा परेकोसमेत प्रवक्ता लिजियानले बताएका छन्। अमेरिका हिस्टेरियाबाट पीडित भएको र नैतिकता गुमाएको उनले आरोप लगाएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच भर्चुअल वार्ता भएको दुई साता नबित्दै अमेरिकाले चिनियाँ कम्पनीमा प्रतिबन्ध लगाएको हो।

वैठकमा चीनका राष्ट्रपति सीले सैन्य क्षेत्रमा दुबै देशको वृहत र साझा चासो भएको स्मरण गराउँदै एक अर्काबीच सहकार्य हुनुपर्ने बताएका थिए। तर अमेरिकाले एकोहरो निर्णय गरेपछि चीन एक्सनमा उत्रिएको छ।

बाइडेन प्रशासनले गत महिना चाइना कम्पनीको अमेरिकामा लाइसेन्स खारेज गरिदिएको थियो। यसअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट चीनबाट निर्यात हुने सामाग्रीमा भारी शुल्क लगाएका थिए।