मलेसियाको जेलमा १२७ नेपाली, घरफिर्ती कार्यक्रममा सहभागी हुन दुतावासको अनुरोध

जागृति खबर संवाददाता

काठमाडौं ।

विभिन्न कारणले मलेसियाको जेलमा हाल १२७ जना नेपालीहरु रहेको पाईएको छ । नेपाली राजदुतावास मलेसियाका अनुसार हाल मलेसियाको विभिन्न जेलमा गरी १२७ जना नेपालीहरु विभिन्न मुद्दामा जेलमा रहेका छन् ।

मलेसियामा हाल १२७ जना नेपाली जेलमा रहेको र जसमध्ये करिब ५ जना महिला पनि रहेको दुतावासका द्धीतीय सचिव प्रेम बहादुर बुड थापाले जानकारी दिए ।
नेपाली राजदुतावास मलेसियाको नियमित साप्ताहिक लाईभ कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन ।

थापाका अनुसार मलेसियाको फौजदारी कानुनले व्याख्या गरेका लाघु अौषध, ज्यान मुद्दा, अ”पहरण , अध्यागमनको कानुन उलङघन गरेका लगायतका मुद्दामा नेपालीहरु जेलमा रहेका छन् ।

साथै, मलेसियाले घर फिर्ति कार्यक्रम थप गरेकोले मलेसियामा अबैधानिक हैसियतमा रहेका नेपालीहरु स्वदेश फर्किन दुतावासले अनुरोध गरेको छ । यो कार्यक्रम जुन-३० सम्म लागु गरिएको छ ।

मलेसियाको बाढीमा ४६ जनाको मृत्यु

मलेसियामा बाढीबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । शनिबारदेखि निरन्तर आएको वर्षापछिको बाढी पहिरोमा केही हराइरहेका छन् । बाढीबाट नदीहरुको बहाव बढेको छ भने राजमार्गका मुख्य सडक अबरुद्ध भएका छन् । बाढीका कारण दशौं हजार मानिस विस्थापित भएका छन् ।

बाढीबाट देशकै ठूलो जनसंख्या भएको सेलानगोर प्रदेश नराम्रोसँग प्रभावित छ । प्रदेश राजधानी शाह अलमका बाढीबाट प्रभावित मानिसहरु घरमै बिचल्लीमा परेको प्राप्त विवरणहरुमा जनाइएको छ । उनीहरुलाई डुंगाबाट उद्दार गरिएको थियो ।

बाढीका कारण पाँच जना हराइरहेको ५५ हजार मानिस विस्थापित भएको प्रहरीले जनाएको छ । दक्षिण पूर्वी एशियाली देश मलेसियामा नोभेम्बरदेखि जनवरीसम्म वर्षा मौसममा हरेक वर्ष जाने बाढी पहिरोमा ठूलो जनधनको क्षति हुने गरेको छ ।