मलेसियामा जनवरी १ देखी यस्ता ब्यक्तिहरु मात्र जान पाउने !

जागृति खबर संवाददाता

क्वालालम्पुर।

मलेसियाले अन्तर्राष्ट्रिय पर्यटकका लागि जनवरी १ देखि बोर्डर खुला गर्ने भएको छ । पर्यटक क्षेत्र एकदमै सुस्ताएको भन्दै यसलाई अघि बढाउन मलेसियाले विभिन्न

मापद’ण्डसहित पर्यटकका लागि खुला गर्न लागिएको खबरमा उल्लेख छ । को’रोना सङ्क्र-मण दर घट्दै जाँदा खाडीका देशहरूले पनि को’रोना सङ्क्र-मण रोक’थामका लागि लगाएको प्रति’बन्ध खुकुलो बनाउँदै लगेका छन् ।

को’रोना स-ङ्क्रमण रोकथामका लागि लगाएको प्र-तिबन्ध खुकुलो बनाउँदै मलेसियाले १ जनवरी २०२२ देखि विदेशी पर्यटकका लागि आफ्नो अन्त’र्राष्ट्रिय बोर्डर खुला गर्ने खबर द स्टारले लेखेको छ ।

को”रोना म-हामारी रो-कथामका लागि लगाइएको प्र+तिबन्धका कारण अन्तर्राष्ट्रिय यात्रामा प्र-तिबन्ध लगाउँदा त्यसको असर पर्यटन क्षेत्रमा परेको मलेसियाको ठहर छ ।

म+हामा’रीपछि पर्यटकका लागि मलेसियाले आफ्नो बोर्डर खुला गर्ने निर्णय गरे पनि विदेशी कामदार लिनेबारे भने मलेसियाले औपचारिक रूपमा कुनै निर्णय गरिसकेको छैन ।

जलवायु परिवर्तनबारे १५ बुँदे घोषणापत्र जारी
जलवायु परिवर्तन, विपद् जोखिम तथा वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै दिगो विकासका लागि साझा कञ्चनपुर घोषणापत्र जारी गरिएको हो । महेन्द्रनगरमा सम्पन्न सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्चको अवधारणसहित यहाँ आयोजित सम्मेलनले जारी गरेको घोषणापत्रमा नौवटै स्थानीय तहका प्रमुख र उपप्रमुखले हस्ताक्षर गरेका छन् ।

घोषणापत्रमा जलवायु अनुकूलनसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति, कार्यक्रमलाई स्थानीयकरण गर्ने, जलवायु विपद् कोष स्थापना गर्ने, भूउपयोग नीतिको कार्यान्वयन, प्रविधिमैत्री बहुप्रकोप सूचना प्रणालीको स्थापना र समुदायको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिनुभयो ।

भीमदत्त नगरपालिकाले आयोजना गरेको जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनबारे पहिलो सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा जलवायु अनुकूलनसँगै र उत्थानशील शहर तथा दिगो विकासबारे छलफलसहित भावि रणनीति तय गरेको छ ।

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ र डिसिएको प्राविधिक सहयोगमा यहाँ हरेक वर्ष सम्मेलन आयोजना हुने बताइएको छ । जलवायु परिवर्तन र विपद् जोखिम व्यवस्थान, उत्थानशील शहर र दिगो विकासबारे विस्तृत छलफलसहित भावि योजनातर्जुमा लागि सम्मेलनको आयोजना गरिएको भीमदत्तका नगरप्रमुख विष्टले जानकारी दिनुभयो ।

उहाँले भीमदत्तले दिगो विकासका लागि २५ वर्षे गुरुयोजना निर्माण, आधुनिक शहरको विकासका लागि शहरी योजना आयोग गठनसँगै नगरविकास समितिले काम गरिरहेको बताउनुभयो । घोषणापत्रमा जलवायु अनुकूलनसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति, कार्यक्रमलाई स्थानीकरण गर्ने, जलवायु विपद् कोष स्थापना गर्ने, भूउपयोग नीतिको कार्यान्वयन, प्रविधिमैत्री बहुप्रकोप सूचना प्रणालीको स्थापना र समुदायको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको छ ।