मलेसियामा अबैधानिक कामदारहरुको घर फिर्ती कार्यक्रम सुरु चाडै गर्नुहोला पछि पछुताउनु पर्ला !

जागृति खबर संवाददाता

क्वालालम्पुर ।

मलेसियन सरकारले अबैधानीक रुपमा रहेका कामदारहरुका लागि ल्याएको घर फिर्ती कार्यक्रम जुन २०२२ सम्मको लागि बढाईएको छ । मलेसिया अध्यागमनले आज (बिहीवार) जारी गरेको विज्ञप्ती अनुसार सो कार्यक्रम ३० जुन २०२२ सम्म विस्तार गरिएको छ।

मलेसिया सरकारको २२ डिसेम्बरमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णयलाई स्वीकृत गरेको हो । यस अघि २०२० डिसेम्बर देखि डिसेम्बर २०२१ सम्म लागु भएको यस कार्यक्रम मार्फत कुल १९२,२८१ गैरकानुनी आप्रवासीहरू स्वेच्छिक रूपमा घर फर्कन दर्ता गराएका छन् ।

जसमा तीन देशहरू सबैभन्दा बढी संख्यामा इन्डोनेसिया (९९,०४७), बंगलादेश (२६,८२१) र भारत (२३,८४४) रहेका छन्। यो संख्यामध्ये कुल १,६२,८२७ गैरकानुनी आप्रवासीहरू आ–आफ्नो देशमा फर्किएका छन्। यस कार्यक्रम मार्फत मलेसियामा कार्यरत अबैधानिक नेपालीहरु पनि घर फर्किएका छन ।

त्यहाँको सरकारको आग्रहलाई बेवास्ता गरेर वस्ने विदेशी श्रमिकलाई सेप्टेम्बरको दोस्रो सातादेखि नै धरपकड गर्न थालेको र त्यसमा कतिपय ठाउँमा नेपाली पनि पर्ने गरेको दूतावासले जनाएको छ । मलेसियका कार्यवहाक राजदूत कुमार खरेलले अवैधानिक भएर बसेकालाई दूतावासमार्फत पटक पटक सूचना गर्दागर्दै नेपाली श्रमिकले आममाफीमा भाग नलिएको जानकारी दिनुभयो ।

मलेसिया सरकारले आब्हान गरेको तीन महिने आममाफी कार्यक्रममा झण्डै २५ हजार नेपाली श्रमिकले फाइदा लिएको पनि उहाँले जानकारी दिनुभयो । कार्यवहाक राजदुत खरेलका अनुसार मलेसिया सरकारको धरपकडमा पर्नेमा अधिकांश नेपाली श्रमिकमध्ये आफूले काम गर्न स्वीकृति लिएर आएको कम्पनी छोडेर अर्को कम्पनीमा जाने रहेको र केही मात्रै करार अवधि सकिएका रहेका छन ।

उहाँले प्रक्राउ परेकालाई अवैधानिक भएर बसेको अवधिका आधारमा सजाए तोकिने भएकाले अदालती निर्णयअनुसार सजाय भुक्तान गरेपछि घर फिर्ती केन्द्रमा राखेर निश्चित अवधि पूरा गरेपछि स्वदेश फर्कन सक्ने बताउनुभयो ।

खरेलले मलेसिया सरकारको पछिल्लो कारबाही अभियान श्रमिकलाई भन्दा पनि रोजगारदातालाई बढी लक्षित भएकाले प्रक्राउ परेका श्रमिकलाई एकदेखि तीन महिना घरफिर्ती केन्द्रमा राख्ने वा एकदेखि तीन हजारसम्म रिङ्गिट तिरेपछि स्वदेश फर्काउने जानकारी दिनुभयो । दूतावासका अनुसार यसपटक अवैधानिक रुपमा काम लगाउने रोजगारदातालाई कारवाही गर्ने निर्णय पनि मलेसियाको सरकारले गरेको छ ।

घरफिर्की केन्द्रमा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन दूतावासले पहल गर्दै आएको खरेलले जानकारी दिनुभयो । मलेसियामा छ लाखको हारहारिमा नेपाली श्रमिक भएकोमा ५० हजार अवैधानिक भएर वसेको हुनसक्ने अनुमान दुतावासको छ ।