मलेसियामा काम गर्ने नेपाली कामदारहरुलाइ आयो दु:खद खबर !

जागृति खबर संवाददाता

काठमाडौ ।

भ्रमण भिसामा मलेसिया गएर उतै बसेका नेपालीहरुले अब तत्काल मलेसिया छोड्नुपर्ने भएको छ । स्वदेश नफर्केर मलेसियामै बसेकाहरुलाई त्यहाँको सरकारले यही वैशाख ९ गतेसम्ममा स्वदेश फर्कन निर्देशन दिएको छ ।

भिजिट भिसामा मलेसिया गएर विगत एक वर्षदेखि उतै बसेकाहरु अब मलेसिया बस्न नपाउने भएका हुन् । मलेसिया नछाडेका विदेशी नागरिकलाई २१ अप्रिल अर्थात् आगामी ९ वैशाखसम्म मलेसिया छाड्न त्यहाँको सरकारले निर्देशन दिएको हो।

निर्देशन नमान्नेहरुलाई मलेसिया सरकारको अध्यागमन नियम अनुसार कारवाही गर्ने भएको छ । मलेसिया सरकारले २०२० को जनवरीबाट भिजिट भिसामा आफ्नो देश आएका तर भिसा नवीकरण नगरेर बसेकाहरुलाई देश छोड्न भनेको हो । त्यस्ता विदेशी नागरिकलाई २१ अप्रिलसम्ममा आफ्नो देश नछाडे कडा कारबाही गर्ने चेतावनी दिएको छ।

रोजगारीको उद्देश्य लिएर भ्रमण भिषामा मलेसिया प्रवेश गरेकाहरुलाई पनि देश छोड्न भनिएको हो । २१ अप्रिलसम्म पनि मलेसिया नछोड्नेले त्यहाँको कडा अध्यगमन नियमानुसार कारबाही भोग्नुपर्ने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ। मलेसियाले भ्रमणमा जाने विदेशीलाई सुरुमा ९० दिनको भिसा जारी गर्ने गरेको छ । भ्रमण भिसामा गएर स्वदेश नफर्किनेको सङ्ख्या बढेपछि मलेसियाले यस्तो चेतावनी दिएको हो।

भिजिट भिसामा दुबई गएका धादिङका १९ जना अल-पत्र !

भिजिट भिसामा खाडी देश दुबई काम गर्न गएका धादिङका १९ जना अल’पत्र परेका छन् । नेपालबाट भिजिट भिसा लिएर दुबई पुगेपछि काम गर्ने योजनामा रहेका १९ जना भिसाको म्याद सकिएपछि कोठामा थुनि’एर बस्नु परेको पी’डितका परिवारले बताएका छन् ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ९ जना र वडा नम्बर ५ खाल्टेका १० जना गरी एउटै नगरपालिकाका १९ जना दुबईमा अल’पत्र परेर उद्धा’रको प्रतिक्षामा रहेको नीलकण्ठ नगरपालिकाले सञ्चालन गरेको सुरक्षित वैदेशिक रोजगारको सूचना तथा परामर्श केन्द्रका कार्यक्रम संयोजक दिनेश दुवाडीले बताउनुभयो ।

धादिङबाट भिजिट भिसामा गएपछि काम लगाइदिने प्र’लोभन पारेर हरेक व्यक्तिसँग २ लाख ५० हजार रुपैयाँ असुलेर दुबई पुगेपछि काम गर्न नपाएको पी’डित रमेश परियारले जानकारी दिएका छन् ।

नेपालमा भिजिट भिसामा मानिस लगेर काम लगाउने दलालको काम गर्ने नवराज तामाङले दुबई पुगेर पनि एउटा कोठामा लगेर राखेका थिए । २५ जनालाई खान नपाउने र सुत्न समेत नमिल्ने कोठामा राखिएको सूचना तथा आप्र’वासन केन्द्रमा गरिएको उ’जुरीमा उल्लेख छ ।

वैदेशिक रोजगारीका लागि भिजिट भिसा लिने सबैजसोले समस्या भोगिरहेकोले कामका लागि कसैलाई पनि भिजि’ट भिसामा नजान दुवाडीले आग्रह गर्नुभएको छ । अल’पत्रलाई नेपाल ल्याउने प्रयास भइरहेको सूचना तथा परामर्श केन्द्रले जनाएको छ ।