गठबन्धन फुटाउने ओलीको षड्यन्त्र छताछुल्ल, प्रचण्ड तनाबमा !

जागृति खबर संवाददाता

७ पुस, काठमाडौं ।

सत्ता गठबन्धन धरापमा परेको छ। गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंले धरापमा परेको संकेत गरेका छन। उनले सिधै नेकपा एमालेमाथि,

सत्ता गठबन्धन तोड्न सक्रिय रहेको आरोप लगाए। एमालेले गठबन्धन तोड्न चुनावसम्म काँग्रेसलाई एकमना सरकार बनाउने प्रस्ताव गरेको सम्म भने । हुनपनि एमाले अध्यक्ष केपी शर्मा ओलीले,

काँग्रेसको १४औं महाधिवेशन उद्घाटनको दिन २४ मंसिरमा महत्वपूर्ण सन्देश दिए। उनले एमाले एक्लै हिंड्दैन भन्दै काँग्रेससँग मिलेर जाने संकेत गरे। त्यसको एक हप्तापछि,

प्रचण्डले सत्ता गठबन्धन तोड्ने षड्यन्त्र गरेको आरोप एमालेमाथि लगाए। अहिले अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित नगर्ने पक्षमा प्रचण्ड र माधव नेपाल देखिएका छन्।

यही मौकामा ओलीले प्रचण्ड र माधव नेपाललाई असफल बनाउन खोजेका छन्। एमसीसीको विपक्षमा प्रचण्ड र माधव नेपाल उत्रिएमा ओलीले साथ दिनसक्छन्।

एमसीसीलाई संसदमा निर्णयार्थ दर्ता गरेर बढाउन सभामुख अग्निप्रसाद सापकोटाको पनि मुख्य भूमिका हुन्छ। उनले यसलाई अगाडि नबढाए के होला रु एमालेले सापकोटालाई पछिल्लो समय चेतावनी दिइरहेको छ।

एमाले छाडेका १४ सांसदको पद रिक्त गर्न सूचना नटाँसेकोमा आलोचना गर्दै आएको छ। एमाले महासचिव शंकर पोखरेलले सापकोटाको राजीनामा सम्म मागेका छन्। यो यस्तो बेलामा आएको छ जतिबेला सत्ता संघर्ष चुलिएको छ।

माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको दलहरु सत्तामा रहिरहे शक्ति सञ्चय गर्दै जाने भयले ओलीलाई सताएको छ। यसकारण पनि प्रचण्ड र माधव नेपाललाई सत्ताबाट झार्न ओली कम्मर कसेर लागेका छन्।

सत्ता गठबन्धन तोडेर माओवादी र नेकपा एसलाई कमजोर पार्न सके कार्यकर्ता तान्न सक्न बुझाई ओलीको देखिन्छ। यसकारण पनि उनी काँग्रेससँग सम्झौता गरेर भएपनि रणनीतिक योजनामा लागेका छन्।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको प्रमुख प्रतिद्वन्द्वी एमाले भएको बताएका छन्। पोखरामा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले,

आफ्नो पार्टीका लागि प्रमुख राजनीतिक प्रतिद्वन्द्वी भएको बताएका हुन्।सबैभन्दा पहिलो र चुरो कुरालाई आत्मसात गर्नुपर्दछ । हामीले विद्रोह गरेको समूह, केपी ओलीको प्राइभेट कम्पनीमा,

परिणत भएको कथित नेकपा एमाले हाम्रो प्रमुख प्रतिद्वन्द्वी हो। उसले हामीलाई शत्रु घोषणा गरेको छ,’ नेपालले भने, ‘हामी सहभागी कुनै कार्यक्रममा जान्न भन्ने ओली संयोगवश कांग्रेसको,

कार्यक्रममा अनुहार हेर्दै पुगे। एउटै स्टेजमा बस्न हुने, र ठाउँमा हामीलाई छुवाछुतको व्यवहार गर्ने ?’ एमालेले संसदीय मर्यादा पालना नगरेको उनको टिप्पणी छ। हामी आएपछि संसद्को बैठकमा आएका छैनन्।

आउँछन्, तर नारा लगाएर जान्छन्। संसदीय मर्यादा पालना गर भन्दै एमालेले नारा लगाउनु हास्यास्पद छ, उनले भने। उनले एक भएर अगाडि बढ्दा प्रमुख प्रतिद्वन्द्वीसँग,

जुध्न सकिने प्रतिक्रिया दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले संसदमा आफ्नो उपस्थितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो गएको दाबी गरेका थिए।