गोलबजारमा दुई समूहबीच ग्याङ्ग फाइट, १ जनाको मृत्यु

जागृति खबर संवाददाता

४ पुस, काठमाडौं ।

सिरहाको गोलबजार नगरपालिका– ६ मा दुई समूहबीच ​ भएको छु’रा हा’नाहानमा एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

छु’रा प्र’हारबाट घाइते भएका गोलबजार नगरपालिका– ६ डोहटियाका २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नगरपालिका– ९ मा रहेको आरके मेरिसीटी अस्पताल पुर्याए लगत्तै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरिसीटी अस्पतालमा उपचार भईरहेको छ । प्रहरीले दुई समूहबीच ​ झडप भएको र घाइते भएको जनाए पनि घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले घटनामा संलग्नहरुको खोजी गरिरहेको जनाएको छ ।

त्यस्तै कैलालीको जानकी गाउँपालिकामा एक युवकको घाँटी रे’टे’र ह’त्या गरिएको छ । ह’त्या हुनेमा जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दाश रहेका छन् ।

जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा घाँटी रे’टे’र ह’त्या गरिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

ह’त्या कस्ले र किन गर्‍यो भन्ने जानकारी नभए पनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानमा प्रहरीले तालिक प्राप्त कुकुरको पनि प्रयोग गर्ने जनाएको छ ।

यस्तै धा’रि’लो ह’ति’यार प्रयोग गरी ह’त्या गरेको आरोपमा प्रहरीले झापाको दमकबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ का २० वर्षीय अर्जुन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लिम्बूले गत मंसिर २९ गते दमक नगरपालिका–६ स्थित रक्षा फेन्सी पसलमा सेल्समेनको काम गर्दै आएका दमक–२ का २५ वर्षीय तेजप्रकाश पराजुलीलाई धाराबाट पानी लिई पसलतर्फ फर्कने क्रममा धा’रि’लो ह’तियार प्र’हार गरेका थिए ।

उनको उपचारका क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो । यही पुस १ गते लिम्बूलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा रिसइवीको कारणले हतियार प्रहार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

घटनामा प्रयोग भएको धा’रि’लो ह’ति’यार दाउ एक थान, झोला, कालो रङ्गको जुत्ता र अन्य कपडा प्रहरीले बरामद गरेको छ । पक्राउ परेका लिम्बूलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सञ्चारकेन्द्र