मध्य रातमा प्रधानमन्त्री देउवाले के गरे तेस्तो ,रातारात बालुवाटारमा नेताहरुको दौ’ड-धुप किन ?

जागृति खबर संवाददाता

४ पुस, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजेका बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले रातोपाटीलाई जानकारी दिए ।प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार संसद्को गतिरोध अन्त्य गर्नका लागि भोलिको बैठक बोलाइएको हो ।

नेकपा एमालेको विरोधका कारण अघि बढ्न सकेको छैन । त्यही भएर गतिरोध अन्त्य गरेर संसद्लाई सुचारु गर्न प्रधानमन्त्रीज्यूले पहल सुरु गर्नुभएको हो । सबै दललाई पत्र पठाइसकिएको छ,’ उनले रातोपाटीसँग भने ।

शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो ।

बालुवाटारमा भएको भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेता सहमत भएका थिए ।

यसैबीच नेकपा एमालेले सर्वदलीय बैठकमा सहभागी हुने बारेको पत्र प्राप्त भएपछि मात्रै निर्णय गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस सहयोगी रामशरण बजगाईंले अहिलेसम्म पत्र प्राप्त नभएको र पत्रमा उल्लेख भएका विषयका आधारमा बैठकमा जाने वा नजाने बारेमा निर्णय हुने जानकारी दिए ।गत भदौ २९ गते सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक र प्रधानमन्त्री शेरबहादुर देउवाले असोज १४ गते बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी भएको थिएन ।

आफ्नो दलले कारवाही गरेका १४ सांसदको सुचना सभामुख अग्निप्रसाद सापकोटाले टाँस नगरेका कारण रुष्ट बनेको एमालेले प्रतिनिधि सभाको नवौं अधिवेशनदेखि बैठक अवरुद्ध गर्दै आएको छ । गत मंसिर २८ गतेदेखि सुरु भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठक पनि एमालेले अवरोध गरेको छ ।यही पुस ६ गते दिउसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठकको पूर्व सन्ध्यामा एमालेलाई मनाएर संसदको गतिरोध खोल्ने प्रयास स्वरुप सरकारले सर्वदलीय बैठक आह्वान गरेको हो ।## यो समाचार को पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस् ##।प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजेका बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले रातोपाटीलाई जानकारी दिए ।प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार संसद्को गतिरोध अन्त्य गर्नका लागि भोलिको बैठक बोलाइएको हो । नेकपा एमालेको विरोधका कारण अघि बढ्न सकेको छैन । त्यही भएर गतिरोध अन्त्य गरेर संसद्लाई सुचारु गर्न प्रधानमन्त्रीज्यूले पहल सुरु गर्नुभएको हो । सबै दललाई पत्र पठाइसकिएको छ,’ उनले रातोपाटीसँग भने ।

शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो । बालुवाटारमा भएको भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेता सहमत भएका थिए ।

यसैबीच नेकपा एमालेले सर्वदलीय बैठकमा सहभागी हुने बारेको पत्र प्राप्त भएपछि मात्रै निर्णय गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस सहयोगी रामशरण बजगाईंले अहिलेसम्म पत्र प्राप्त नभएको र पत्रमा उल्लेख भएका विषयका आधारमा बैठकमा जाने वा नजाने बारेमा निर्णय हुने जानकारी दिए ।गत भदौ २९ गते सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक र प्रधानमन्त्री शेरबहादुर देउवाले असोज १४ गते बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी भएको थिएन ।

आफ्नो दलले कारवाही गरेका १४ सांसदको सुचना सभामुख अग्निप्रसाद सापकोटाले टाँस नगरेका कारण रुष्ट बनेको एमालेले प्रतिनिधि सभाको नवौं अधिवेशनदेखि बैठक अवरुद्ध गर्दै आएको छ । गत मंसिर २८ गतेदेखि सुरु भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठक पनि एमालेले अवरोध गरेको छ ।यही पुस ६ गते दिउसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठकको पूर्व सन्ध्यामा एमालेलाई मनाएर संसदको गतिरोध खोल्ने प्रयास स्वरुप सरकारले सर्वदलीय बैठक आह्वान गरेको हो ।