मलेसियामा सडक दुर्घटना दश जनाको मृत्यु !

जागृति खबर संवाददाता

३ पुस, काठमाडौं ।

मलेसियाको सेलान्गोर राज्यको एक राजमार्गमा शुक्रबार अबेर राति भएको दुर्घटनामा परी आठ बालबालिकासहित १० जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । दुर्घटनामा तीनवटा कार र एउटा ट्रक ठोक्किँएको थियो । रााति ११ः४२ मा एक संकट कल प्राप्त भएको सेलान्गोर फायर एण्ड रेस्क्यू डिपार्टमेन्टका निर्देशक नोराजाम खामिसले एक विज्ञप्तिमार्फत जानकारी दिएका थिए ।

यस दुर्घटनामा परी १७ जनाको ज्यान गएको जनाइए तापनि १० जनाको मृत्यु भएको पुष्टि भएको बताइएको छ । मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन् भने अन्य आठ जना बालबालिका रहेका छन् । बालबालिकामा पाँच केटा र तीन बालिका रहेका खामिसले बताएका छन् ।

माओवादी केन्द्रको प्रदेश अधिवेशनको बन्दसत्र स्थगित
प्रतिनिधि छनोटमा विवाद भएपछि नेकपा (माओवादी केन्द्र) प्रदेश नं २ को अधिवेशनको बन्दसत्र स्थगन भएको छ ।

सर्लाहीको लालबन्दीमा आज हुने भनिएको अधिवेशनको बन्दसत्र आइतबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको हो । अधिकांश जिल्लाबाट निर्धारित सङ्ख्याभन्दा बढी प्रतिनिधि आएपछि विवाद बढ्ेकाले बन्दसत्र स्थगन गरिएको माओवादी केन्द्र प्रदेशका अध्यक्ष प्रल्हाद बुढाथोकीले जानकारी दिनुभयो ।

“विभिन्न जिल्लाबाट तोकिएभन्दा बढी प्रतिनिधि आएर समस्या भएको छ”, अध्यक्ष बुढाथोकीले भन्नुभयो, “छलफलबाट प्रतिनिधि छनोटसम्बन्धी विवाद समाधानका लागि प्रयास गरिने र विवाद समाधान गरी आइतबार ११ बजेबाट बन्दसत्र हुन्छ ।” पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताबीचमा समस्या समाधानका लागि छलफल भइरहेकाले निकास निष्किने उहाँको भनाइ छ ।

खासगरी सप्तरीमा पार्टीभित्र तीव्र विवाद बढ्दै जाँदा अधिकांश पालिकामा सामानान्तर समिति बनेका छन् । त्यसैले कुन पक्षलाई आधिकारिक बनाउने भन्ने विवादले प्रदेश अधिवेशनको बन्दसत्र प्रभावित भएको सहभागी नेताले बताएका छन् ।

प्रदेश अधिवेशनबाट २४१ सदस्यीय प्रदेश समिति बनाउने गृहकार्य भएको छ । प्रत्येक पालिकाबाट एक जना प्रदेश समितिमा प्रतिनिधिमूलक रहने र प्रदेश तथा सङ्घीय निर्वाचन क्षेत्रलाई आधार बनाएर विगतको निर्वाचनबाट पार्टीलाई प्राप्त भएको मतानुसार प्रदेश समिति चयन गर्ने मापदण्ड बनाइएको छ ।