जबर्जस्त एमसीसी पास गरिए देउवाले अमेरिका जानुपर्छः प्रकाण्ड

जागृति खबर संवाददाता

१ पुस, काठमाडौं ।

नेकपाका प्रवक्ता खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)ले जबर्जस्त नेपालमा एमसीसी संसदबाट पास गराए शेरबहादुर देउवा अमेरिका जानु पर्ने चेतावनी दिएका छन ।

एमसीसी सम्झौता विरुद्धको आन्दोलनको क्रममा आज संसद भवन घेराउको विरोध प्रर्दशन पछिको कोणसभालाई सम्वोधन गर्दै प्रवक्ता प्रकाण्डले यस्तो चेतावनी दिएका हुन ।

उनले भने “नेपाल राष्ट्र र जनतालाई विकासको नाममा उल्लु नबनाउनु, एमसीसी नेपालमा जबर्जस्त लादीए देउवा जी अमेरिका जानुपर्ला नेपालमा बस्न पाइन्छ कि पाइदैन विचार गर्नु होला ।

नेकपाका प्रवक्ता प्रकाण्डले राष्ट्र र जनता भन्दा ठुलो ५५ अर्ब नभएको भन्दै भ्रष्टाचार गर्न,कमिशन खानको लागि जनतालाई उल्लु बनाएर एमसीसी लागू गर्न खोजिएको आरोप लगाए ।

उनले ‘एमसीसी इतिहाँसमा सर्वाधिक घात छ, राष्ट्रघात छ,हजारौं गुणा हाम्रो देशमाथि हस्तक्षेप छ’ उनले भने । सन् १९५० देखिका सबै राष्ट्रघाती सन्धी सम्झौता खारेज गर्नु पर्ने माग गर्दै उनले एमसीसी खारेजीको विकल्प नभएको बताए ।

उनले यदि एमसीसी संसदबट पास गरिए नेपालमा अनिश्चितकालीन हड्ताल हुने र बन्द हुने ,दलालहरु बस्ने क्याम्प आन्दोलनका मोर्चा हुने र त्यहि आन्दोलनका मोर्चाबाट दलालहरु खरानीहुने चेतावनी दिए ।

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेकोमा आपत्ती जनाउदै जनयुद्धमा समेत आफू घाईते नभएको भन्दै उनले आफूलाई प्रहरीले आज लाठ्ठी चार्ज गर्दा टाउकोमा चोट लगाएर घाईते बनाएको बताए ।

आन्दोलनमा दमन गर्न आदेश दिने दलालहरुलाई यस्तो मुर्खता नगर्न चेतावनी दिदै प्रहरी,सशस्त्र र सेनालाई राष्ट्रियताको आन्दोलनमा विवेकशिल हुन र दमनमा नउत्रिन सुझाव समेत दिएका छन । आन्दोलनमा प्रवक्ता लगायत दर्जनौ प्रर्दशनकारी प्रहरीको दमनवाट घाईते भएका छन ।

एमसिसीविरुद्ध संसद घेराउमा उत्रिएकाहरुलाई प्रहरीले गर्यो रामधुलाई [फोटोफिचर]