घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

जागृति खबर संवाददाता

२९ मंसिर, काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रूपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार ८०० मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला ५००ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८०० छ जसको मूल्य मङ्गलबार प्रतितोला ९२ हजार ३०० तोकिएको थियो ।

आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार २१० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७० डलर आसपास कारोबार भइरहेको छ ।

डलरको भाउ ह्वातै बढ्यो : आइतबारको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९३ पैसा छ भने बिक्री दर १२१ रुपैयाँ ५३ पैसा पुगेको छ ।

युरोपियन युरो एकको खरिद दर १३६ रुपैयाँ ४३ पैसा र बिक्री दर १३७ रुपैयाँ ११ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ६५ पैसा र बिक्री दर १६० रुपैयाँ ४४ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ८९ पैसा र बिक्री दर १३१ रुपैयाँ ५४ पैसा छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४५ पैसा र बिक्री दर ८६ रुपैयाँ ८८ पैसा छ ।

क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ५५ पैसा कायम भएको छ । जापानी यन १० को खरिद दर नेपाली १० रुपैयाँ ६४ पैसा र बिक्रीदर १० रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९९ पैसा र विक्री दर १९ रुपैयाँ ९ पैसा रहेको बैंकले जनाएको छ ।

साउदी अरेबियन रियाल एकको खरिद दर ३२ रुपैयाँ २४ पैसा र बिक्री दर ३२ रुपैयाँ ४० पैसा छ भने कतारी रियाल आज एकको खरि दर ३२ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ३८ पैसा छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७१ पैसा र बिक्री दर २८ रुपैयाँ ८५ पैसा कायम भएको राष्ट्र बैंकले जारी गरेको सूचीमा उल्लेख छ ।