विप्लव नेकपाले कब्जा गर्यो एमसीएको कार्यालय, कर्मचारीको भागाभाग !

जागृति खबर संवाददाता

२८ मंसिर, काठमाडौं ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीएको कार्यालय कब्जा गरेको छ। दरवारमार्ग स्थित याक एण्ड यतिको कार्यालय अगाडि पुगेर नेकपासहितका ८ दलिय मोर्चा एमसी घेराउ गर्दै कब्जा गरेका हुन्।

नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा आठ दलिय मोर्चाले एमसीएको कार्यालय घेराउ गरेको छ। संयुक्त राजनीतिक पार्टीको पूर्वघोषित सङ्घर्षको कार्यक्रमअनुसार दरबारमार्गस्थित एमसीएको कार्यालय घेराउ गरिरहेका हो।

घेराउ कार्यक्रमको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बास्तोला ‘कञ्चन’ले गरेका थिए। कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल लगायत संयुक्त मोर्चामा आबद्ध विभिन्न,

राजनीतिक पार्टीका नेताकार्यकर्ताहरु घेराउ कार्यक्रममा सहभागी भएका थिए। सहभागीहरु ‘एमसीसी सम्झौता खारेज गर, गो ब्याक एमसीसी, देशभक्त शक्तिहरु एक हौँ, अमेरिकी साम्राज्यवाद मुर्दावाद,

लगायतका नाराहरु लगाउदै प्रदर्शनसहित एमसीए कार्यालयमा पुगेका थिए। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी सीपी मैनालीको नेकपा माले, ऋषि कट्टेलको नेकपा,

आहुतीको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा नेपालले संयुक्त रुपमा विरोध प्रदेशन गरेका हुन् । तीन तिरबाट आएको ¥यालीलाई सम्बोधन गर्दै नेकपा सचिवलय सदस्य कन्चनले अमेरिकी ,

सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी जसरी पनि खारेज हुनुपर्ने बताए। कसैले जस्ताको तस्तै संसदबाट पास गर्न नहुने भनेका छन्, कसैले संसदमा नलगेर सिधै लागु गरौँ भनेका छन्,

कसैले परियोजना ठिक भएको र यसलाई संसदले छिटो अनुमोदन गर्नु पर्ने भनेका छन्। बिरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘एमसीसी नेपालका लागि घातक छ । यो कुनै पनि हालतमा लागु गर्नु हुँदैन्।

यसलाई सिधै मन्त्रीपरिषदको निर्णयबाट खारेज गर्न पर्छ। एमसीसी इण्डोप्यासिफिक रणनीति आईपीएको अभिन्न अङ्ग भएकाले यसको मुख्य रणनीति चीनलाई घेर्ने रहेको बताए। हामीलाई चीन र अमेरिकाको लडाईँ पर्दा खासै केही फरक पर्दैन।

त्यो हाम्रो चासोको विषय पनि होइन्। उनले भने, ‘हाम्रो चासो भनेको अमेरिकाले नेपाललाई शैन्य व्यारेक बनाउन खोजिरहेको छ । त्यसका लागि हामीले संघर्ष गर्न परेको छ। अमेरिकाले नेपाललाई शैन्य अखडा बनाउन एमसीसीलाई माध्ययम बनाएको छ।

अमेरिकाले नेपालमार्फत चीनमाथि क्षेप्यास्त्र हान्यो भने चीनले पनि त्यसको काउण्टरमा जहाँबाट क्षेप्यास्त्र हमला भएको थियोे त्यही हमला गर्ने हो। उनले भने, ‘दुबै देशका क्षेप्यास्त्र नेपालमा खस्ने छन र नेपाल र नेपाली जना धोस्त हुनेछन्।

त्यसबाट बच्नका लागि एमसीसी खारेज गर्नपर्छ। त्यस्तै, विरोध सभालाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रीक मोर्चाका अध्यक्ष सिपी गजुरेलले राष्ट्रिय स्वाधिनताको रक्षा गर्नका लागि भएपनि एमसीसी नेपालबाट फिर्ता पठाउन पर्ने बताए।

‘एमसीसी सम्झौतामा भएका प्रावधानले नेपालको राष्ट्रिय स्वाधिनता, राष्ट्रिय सुरक्षा र नेपालको कानुनको धज्जी उडाएको छ । यो जसरी इस्ट इण्डिया कम्पनी भारतमा आएर कब्जा गरेको थियो, ठिक त्यसकै अर्को रुप हो एमसीसी।

उनले भने, भारतका पजिपतीलाई केही डल्ला सुन दिएर जसरी बेलायत भारत पसेको थियो, त्यसैगरी अमेरिका डलर देखाएर नेपाल आउन खोज्दैछ। यसलाई जसरी पनि रोक्न पर्छ।

एमसीएको कार्यालय पाँच तारे होटल याक एण्ड यतिमा रहेको छ। त्यस उसले महिनाको ४ लाख भाडा तिर्दै आएको छ। संयुक्त मोर्चाले भोली मंगलबार बानेश्वरस्थित संसद भवन घेराउ गर्ने जनाएको छ।