मलेशिया बाट अवैधानिक १ लाख ५० हजार आप्रवासी नेपाल फर्किए !

जागृति खबर संवाददाता

२७ मंसिर, क्वालालम्पुर ।

मलेसिया सरकारले सञ्चालनमा ल्याएको अवैधानिक हैसियतमा कार्यरत रहेको विदेशी कामदारहरुलाई स्वदेश फर्काउने कार्यक्रम अन्तर्गत डिसेम्बर ८ तारिख २०२१ तारिखसम्म १ लाख ५० हजार जना विदेशी श्रमिकहरु स्वदेश फर्किएका छ्न।

मलेसियामा वैधानिक हैसियतमा कार्यरत रहेका नेपालीसंगै इन्डोनेशिया , ईन्डिया , पाकिस्तान , म्यानमार , भियतनाम लगायतको देशको विदेशी अवैधानिक कामदारहरुलाई ऊनीहरुको आफ्नै देश फर्काउनलाई सञ्चालनमा ल्याइएको कार्यक्रम ( रिक्यालिब्रेशन पुलाङ्ग ) कार्यक्रमको सदुपयोग गरि सन् २०२० डिसेम्बर २१ तारिखदेखी अहिलेसम्म १ लाख ५० हजार भन्दा धेरै अवैधानिक विदेशी कामदारहरु स्वदेश फर्किसकेको मलेसियन अध्यागमन बिभागका महानिर्देशक दातुक खैरुल डिजाइमी दाउदले बताएका छ्न।

यस् अवधीभर स्वदेश फर्किने विदेशी श्रमिकमध्य सबैभन्दा बढी इन्डोनेसियाली श्रमिक ७७ हजार ६२७ , बङ्गालादेशी श्रमिक २१ हजार ६८ जना त्यस्तै ईन्डियन श्रमिक १९ हजार ८७ जना र अन्य नेपाल , पाकिस्तान , म्यानमार , भियतनाम , थाइल्यान्ड , कम्बोडिया , फिलिपिन्स , श्रिलङ्का लगायतको देशको गरि जम्माजम्मी १ लाख ५० हजार जना विदेशी श्रमिक स्वदेश फर्किएको महानिर्देशक दातुक खैरुल डिजाइमी दाउदले बताएका छ्न।

यता मलेसिया स्थित नेपाली दूतावासका द्धितिय सचीव एवम् सुचना प्रमुख प्रतिक कार्कीले बताए अनुसार अवैधानिक श्रमिक स्वदेश फर्किने (रिक्यालिब्रेशन पुलाङ्) कार्यक्रम मार्फत दूतावासको अनुमानित तथ्यांक अनुसार सन् २०२० को डिसेम्बर २१ तारिखदेखि सन् २०२१ को डिसेम्बर ८ तारिखसम्ममा करिबकरिब ५ हजार जना भन्दा बढी अवैधानिक नेपाली श्रमिक , नागरिकहरु स्वदेश फर्किसकेको जानकारी दिए।

स्वदेश फर्किने अवैधानिक नेपाली कामदारहरुले आफ्नो साथमा पासपोर्ट अथवा नेपाली दूतावासले जारी गरेको यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) , सक्कली हवाई टिकट , ७२ घण्टे भित्रको कोरोना पिसिआर रिपोर्ट , सरकारद्वारा मान्यता प्राप्त कोभिड-१९ विरुद्धको खोपको दुबै डोजको मात्रा लगाएको डिजिटल सर्टिफिकेट , कागजी प्रमाणपत्र , सिसिएमसी फारम भरेको लगायतको कागजात लिएर हवाई उडानको समय भन्दा कम्तीमा ६ घण्टा पहिल्यै मलेसियाको सेपाङमा अवस्थित केयलआईए अन्तर्राष्ट्रिय विमानस्थलमा गैई जरिवाना बापतको आरएम ५०० रिंगेट अनलाइनको माध्यमबाट अथवा बैंक कार्ड मार्फत तिरेर सिधै स्वदेश फर्किन पाउने मलेसियन अध्यागमन बिभागद्वारा ब्यवस्था गरिएको छ। संदेश प्रवाह बाट