विदेशबाट नेपाल आउनेहरूको लागि विमानस्थलमा कडाइ,यस्तो छ नयाँ व्यवस्था !

जागृति खबर संवाददाता

काठमाडौं ।

सरकारले केहीदिन अघिबाट विमानस्थलमा चेक जाँचमा कडाइ गरेको छ । त्यो विशेष सुनको लागि हो ।

बुधबारमात्रै विमास्थलबाट करीब १५ किलो सुन संकलन गरिएको हो । यसले त्यहाँबाट ठूलो मात्रामा अवैध सुन भित्रिरहेको देखाएको छ ।

एकजनाले ५० ग्राम काचो सुन ल्याउन पाइने नियम भएपनि विभिन्न माध्यमबाट सुनका बालाहरु ल्याउनेको संख्या बढ्न थालेपछि कडाइ गर्न थालिएको भन्सार विभागले जनाएको छ । बुधबारमात्रै विदेशबाट आएका ३ सय २६ जना यात्रुहरुले ल्याएको १५ किलो १६ ग्राम सुनको बाला संकलन गरिएको हो ।

हिजो मात्र विभागले तोकिएको मापदण्ड भन्दा बढी सुन ल्याउनेहरुबाट १ करोड २६ लाख ८७ हजार राजस्व संकलन गरेको विभागको भनाई छ ।

अमेरिकाले लगायो चीनसहित चार देशका नागरिकमाथि प्रतिबन्ध

अमेरिकाले चीन, म्यानमार, उत्तर कोरिया र वंगलादेशका दर्जनौं व्यक्ति र उनीहरु आबद्ध संस्थामाथि प्रतिबन्ध लगाएको छ । मानवअधिकार दुव्र्यवहारका घटना बढेको भन्दै चीनले यी देशका केही नागरिक र संस्थामाथि प्रतिबन्ध लगाएको हो । अमेरिकाको प्रतिबन्धलाई बेलायत र बेलायतले पनि साथ दिएको छ ।
‘हाम्रो कदमले राज्य शक्ति दुरुपोग गरी दमन र पीडा लाद्नेविरुद्ध विश्वभरका प्रजातान्त्रिक देशहरुलाई एउटा महत्वपूर्ण सन्देश दिएको छ,’ राज्यकोष मामिलासम्बन्धी सहायक मन्त्री वाले एडियेमोले भने ।

अमेरिकी प्रतिबन्धको चारै देशले कुनै प्रतिकृया दिएका छैनन् ।