विदेश जाँदै गरेकी यी महिला एयरपोर्टबाट प’क्राउ ( गरेछन् यस्तो काम )

जागृति खबर संवाददाता

काठमाडौं ।

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मु’द्दामा उनीविरुद्ध ‘लु’क आउट नोटिस’ जारी गरेपछि उनी मुम्बई विमानस्थलबाट पक्राउ परेकी थिइन्।

प्रहरीका अनुसार उनी विदेश जाँदै थिइन्। प्रवर्तन निर्देशालयले दुई सय करोडको मनी लान्ड्रिङ मु’द्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेको छ। अनुसन्धानको क्रममा सुकेशले अभिनेत्री ज्याकलिनसँग पैसाको कारोबार गरेको खुलेको छ। प्रहरीअनुसार सुकेशले ज्याकलिनलाई ५२ लाख पर्ने घोडा र ९ लाख पर्ने बिरालो उपहार दिएका थिए। अन्य समाचार | काठमाडौँ, मङ्सिर १९ गते । नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिङ्गल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गर्नुभएको छ ।

प्रतियोगिताकै मुख्य स्पर्धाका रुपमा रहेको सिङ्गल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई प्रतिस्पर्धात्मक भिडन्तमा हराउनुभएको हो । दर्शकको उल्लेख्य उपस्थितिमा भएको प्रतियोगिता जितेपछि जुरेलीलाई समर्थकले ढाकाटोपी लगएर बधाई दिएका थिए ।

नेपाल महिला रेस्लिङ प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको टु भर्सेस वान फाइटमा नेपालका नेपाली ब्रो र स्नेहा थापाको जोडीले पाकिस्तानका कोबु ब्रान्डनलाई पाखा लगाउनुभयो ।

पुरुष सिंगल फाइटमा पाकिस्तानका जोर्डन होरले नेपालका ठागुलाई निराश पार्नुभएको थियो । जोर्डनले भारतीय रेस्लरसँग खेल्ने तालिका भएपनि भारतीय रेस्लर नाआएपछि जोर्डन ठागुसँग भिड्नुभएको थियो ।

नेपाली महिला रेस्लरबीचको सिङ्गल फाइटमा सपना तामाङ विजयी हुनुभयो । सपनाले जमुना तामाङलाई पाखा लगाउनुभयो । पुरुष सिंङ्गल फाइटमा पाकिस्तानका कोबु ब्रान्डनले नेपालका नेपाली ब्रोमाथि जित निकाल्नुभयो । एक दिने रेस्लिङमा नेपाल, अमेरिका र पाकिस्तानका खेलाडी सहभागी थिए ।

विजेतालाई सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, नेपालका चर्चित रेस्लर भरतबहादुर विसुराल (हिमालयन टाइगर), आयोजक प्रतिष्ठानकी अध्यक्ष भगवती खड्कालगायतले पुरस्कार प्रदान गर्नुभयो ।