बंगलादेशी श्रमिकका लागि पुनः ढोका खोल्दै मलेसिया

जागृति खबर संवाददाता

काठमाडौं,२६ मंसिर ।

बंगलादेशका प्रवासी कल्याण एवम् रोजगार मन्त्री इमरान अहमदले मलेसियाले यस वर्षको अन्त्यसम्ममा बंगलादेशी कामदारका लागि रोजगारीको बजार पुनः खोल्ने बताएका छन् । मलेसियाले सन् २०१८ देखि बंगलादेशी कामदारलाई रोजगारी दिने प्रक्रियामा रोक लगाएको थियो ।

शुक्रबार सिलहट सर्किट हाउसमा संवाददाताहरूसँग कुराकानी गर्दै अहमदले भने, ‘मलेसिया सरकारले यस मुद्दामा हाम्रो सरकारसँग एक सम्झौता पत्र एमओयूमा हस्ताक्षर गर्न रुचि देखाएको छ । आवश्यक दस्तावेज प्राप्त भएपछि एक दुई दिनमा नै सम्झौताको मिति तय हुनेछ ।’ उनका अनुसार वृक्षारोपण, बागवानी, कृषि, उत्पादन, उत्खनन, निर्माण र घरेलु सेवामा श्रमिकलाई रोजगारीको बजार खोलिने तयारी गरिएको छ ।

मलेसिया बंगलादेशी श्रमिकका लागि सबैभन्दा लोकप्रिय गन्तव्यमध्ये एक हो । ब्युरो अफ म्यानपावर इम्प्लोयमेन्ट एन्ड ट्रेनिङका अनुसार सन् १९७६ र २०१९ को बीचमा मलेसियामा बंगालदेशका १० लाख ५७ हजार ५६ जनाले रोजगारी पाएका छन् । अहमदका अनुसार श्रमिकहरूलाई कानुनीरुपमा ग्रिस पठाउनका लागि अर्को सम्झौता गर्ने पनि तयारी गरिएको छ ।

श्रमिकको मृत्यु भएमा मलेसियामै वा नेपालमा अत्येष्टि गर्न दाहसंस्कार खर्च सोक्सोले उपलब्ध गराउँछ। आश्रित सुविधा अन्तर्गत कुनै श्रमिकको तोकिए बमोजिम कामको सन्दर्भमा मृत्यु भए निजका श्रीमान वा श्रीमतीले आजीवन दैनिक तलबको ६० प्रतिशत रकम पाउने व्यवस्था छ। मृतकका सन्तानले भने २१ वर्षको उमेरसम्म आमा वा बुबा दुईमध्ये एकजना जिवितै रहेको अवस्थामा ४० प्रतिशतका दरले भत्ता पाउनेछन्। आमाबुबा दुवैको मृत्यु भएको अवस्थामा २१ वर्षको उमेरसम्म दैनिक तलबको ६० प्रतिशत रकम सोक्सोले उपलब्ध गराउँछ। अविवाहित भए वा श्रीमान, श्रीमती, छोरा, छोरी नभएमा बाबुआमा, दाजुभाइ वा हजुरबुवा-हजुरआमाले दैनिक तलबको ३० देखि ४० प्रतिशत रकम आजीवन प्राप्त गर्न सक्ने व्यवस्था छ।

मलेसियामा कार्यरत नेपाली श्रमिकलाई सोक्सोमा आबद्ध गराउने विषय दुई वर्ष अगाडिदेखि नै उठिरहेको थियो। तर दुई देशका सरकारबीच विस्तृत छलफल हुन नसक्दा समझदारी प्रक्रिया अघि बढ्न सकेको थिएन। अथक प्रयासपछि सो व्यवस्था कार्यान्वयनका लागि ढिला नै भए पनि सम्झौता गर्न सफल भएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ बताउँछन्। ‘यो श्रमिकहरूका लागि निकै महत्वपूर्ण दस्तावेज हो। दुई वर्षदेखिको प्रयास सफल भएको छ,’ श्रेष्ठ भन्छन्।