दिदी भिनाजुको बिचमा जाँदा सालीको भयो यस्तो अवस्था …

जागृति खबर संवाददाता

काठमाडौं ।

एक भिनाजुले सालीमाथि कु *टपि’ट गरेका छन्। प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका -५ गेटाका गौतम विकले सालीमाथि कु’ टपि’ट गरेका हुन्।

३० वर्षीय विकले २० वर्षीया साली मनसरा विकलाई कु’टेेर घा इते बनाएका र उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दिदी भिनाजुबीच भइरहेको झ गडा मिलाउन खोज्दा मनसरामाथि हा तपा त गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। सालीमाथि हा’तपा’त गर्ने गौतमलाई नियन्त्रणमा लिएको उनले बताए।

अन्य समाचार | काठमाडौं । टिकटकमा फलोअरले कन्टेन्ट क्रियटरलाई ‘टिप’ दिन मिल्ने गरी नयाँ फिचर सुरु भएको छ । अहिले टिकटकमा क्रिएटरहरू लाइभमा बस्दा फलोअर्सले उनीहरूलाई विभिन्न गिफ्टहरू दिन मिल्ने फिचर छ ।

यही सुविधालाई परिष्कृत गर्दै कम्पनीले गत बुधबार ‘टिप्स’ फिचर सार्वजनिक गरेकाे हाे । कम्पनीले विश्वका केही देशममा याे फिचर उपलब्ध गराइसकेकाे छ । विस्तारै अन्य देशका प्रयाेगकर्ताले पनि याे फिचर प्रयाेग गर्न पाउने कम्पनीले बताएको छ ।

अनलाइन पेमेन्ट प्लेटफर्म स्ट्राइपसँग सहकार्य गरी टिकटकले याे फिचर ल्याएकाे हाे । यसअन्तर्गत फलोअरहरूले टिकटकमा आफूलाई मन परेका कन्टेन्ट क्रिएटरलाई सिधै पैसा पठाउन सक्छन् । फलोअरले ५ डलर, १० डलर र १५ डलर वा आफूले चाहेको रकम इन्टर गरी पैसा पठाउन सक्नेछन् ।

कम्पनीका अनुसार टिकटकको प्रोफाइल पेजमा गएर सेटिङ अप्सनमा हेर्दा ‘टिप्स’ नामक अप्सन देखिनेछ । जसअन्तर्गत फलोअरहरूले क्रिएटरलाई सोझै पैसा पठाउन सक्छन् ।यसरी पठाइएको टिपमा टिकटकले आफ्नो कमिसन नलिने बताइएको छ । यसरी पठाएको पैसा सिधै सम्बन्धित व्यक्तिको खातामा आउनेछ ।

१८ वर्षभन्दा माथि र एक लाखभन्दा बढी फलोअर भएका कन्टेन्ट क्रियटरलाई मात्रै यो फिचर उपलब्ध हुनेछ ।

यस्तै टिकटकले लाइभमा दिइने गिफ्टको फिचरलाई पनि केही परिवर्तन गरेको छ । यसअन्तर्गत प्रयोगकर्ताले लाइभमा गिफ्टको रुपमा अब डायमण्ड पनि दिन सक्छन्, जसलाई साटेर पैसा निकाल्न मिल्छ ।