मलेसिया इमिग्रेशनले इ-भिसा अनलाइन प्रणाली सुरु गर्यो !

जागृति खबर संवाददाता

काठमाण्डौ ।

मलेसिया इमिग्रेशनले इ-भिसा अनलाइन प्रणाली आज बाट सुरु गरेको छ, मलेशिया छिर्न भिसा आवेदन अनलाइन बाट दिन सकिने भएको छ।

महामारी को कारण २ वर्ष देखी रोकिए को मलेशिया मा आउने विदेशी पर्यटक बिदेशी विधार्थी , विदेशी ब्यापारी र विदेशी स्वस्थ जचाउने बिरामी को लागि सजिलो हुने गरि यो सिस्टम बनाएको इमिग्रेशन महानिर्देशक, दातुक इन्देरा खैरुल जैमी दाउदले बताउनु भयो।

इ-भिसा अनलाइन प्रणाली एक महतोपूर्ण कदम रहेको जुन मलेशिया खोल्ने तयारी मा मदत गर्ने भएको जैमी दाउदले बताउनु भयो।

दुई देशबीच श्रम सम्झौता भए पनि मलेसियाको रोजगारी खुल्ने विषय कहाँ अड्किएको छ त?
मलेसिया सरकारले विदेशी कामदार भित्र्या’उन नयाँ कानुन र संरचना निर्माण गरिरहेकाले मलेसियामा तत्काल कामदार आपू’र्ति गर्ने अवस्था छैन। तर आफूहरुले सम्बन्धित निकायसँग बारम्बार रोजगारी खुलाउने विषयमा छलफल गरिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयक सचिव महेशप्रसाद दाहाल दा’बी गर्छन्।

श्रमिकसँग जोडिएका विषय भएकाले दुवै देशले सम्झौताका विषयमा पछिसम्म पनि कू’टनीतिक समस्या नहोस् भनेर अध्ययन भइरहेको बताउँदै सचिव दाहालले भने, ‘रोजगारीसँग कामदारको स्वास्थ्य, मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन/मापदण्ड लगायतका विषयलाई मध्यनजर गरेर काम गर्नुपर्छ।

श्रम सम्झौतामा यस्ता विषय समेटिएका भए पनि कार्यान्वयनका लागि आवश्यक छलफल भइरहेको छ।’ नेपालबाट वार्षिक नयाँ श्रम स्वीकृति लिएर करिब १ लाख २० हजार कामदार रोजगारीका लागि मलेसिया जाने जाने गरेको सरकारी तथ्यांक छ। यदि अहिलेको जस्तै अवस्था रहेमा सरकारले वार्षिक १ लाख २० हजार कामदारलाई अन्य देश पठाउन वातावरण बनाउनुपर्छ।

कि त नेपालमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ। त्यसमाथि बर्सेनि आन्तरिक श्रम बजारमा सयौंको संख्यामा कामदारहरु थसिने क्रमसमेत बढ्दो छ। मलेसियाली श्रम बजारमा नेपाली कामदार आपू’र्ति बन्द भयो भने नेपालको आन्तरिक श्रम बजारमा बेरोजगारीको समस्या थप विक’राल बन्ने निश्चित छ। अर्कोतर्फ भारतको बाटो हुँदै नेपाली युवा मलेसिया तस्क’री हुने सम्भावना पनि रहन्छ।