पूर्व प्रहरी नायब रमेश खरेलले भाेलि नयाँ पार्टी गठन गर्ने !

जागृति खबर संवाददाता

२३ मंसिर, काठमाडौं ।

नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नेपाल सुशासन अभियान नामक पार्टी गठन गर्नुहुने भएको छ ।

नेपाल सुशासन अभियान नामक समूह सञ्चालन गरिरहनुभएका खरेलले भोलि शुक्रवार पत्रकार सम्मेलन गरेर पार्टी गठन गर्न लागिएको विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

आज बिहीवार बेलुकी जारी गरिएको विज्ञप्तिमा उहाँले राजनीतिक अस्थिरता, कुशासन, भ्रस्टाचार जस्ता कारणले देशले गति लिन नपाएको भन्दै नयाँ पार्टी गठन गर्न लागिएकाे बताउनुभएकाे छ ।

खरेलले एक नयाँ आयामका रूपमा सबै नेपालीको मर्म बुझ्न सक्ने गरी नेपाललाई सफल र शक्तिशाली देशका रूपमा स्थापित गर्ने उद्देश्यले पार्टी गठन गर्न लागिएको जानकारी दिनुभएको छ ।

गगनपछि प्रकाशमानले पनि अवधारणा सार्वजनिक गर्ने

कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका नेता प्रकाशमान सिंहले आफ्नो अवधारणा सार्वजनिक गर्ने भएका छन् ।

महाधिवेशन उद्घाटनको भोलिपल्ट अर्थात् शनिबार नेता सिंहले उम्मेदवारी तथा अवधारणा सार्वजनिक गर्ने भएका छन् । बिहान ८ बजे सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँग रहेको स्काइ बैंकेटस्थित सम्पर्क कार्यालयमा उनले अवधारणा सार्वजनिक गर्न लागेका हुन्।

महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका गगन थापाले आज आफ्नो अवधारणापत्र सार्वजनिक गरेका थिए ।

सिंहले अवधारणापत्र सार्वजनिक गर्ने तयारी गरिरहँदा संस्थापन इतर पक्षमा साझा उम्मेदवार चयनका लागि प्रयास भइरहेको छ ।