खानामा कपाल भेटिए के गर्ने ? खाने वा नखाने यो हेर्नुहोस् !

जागृति खबर संवाददाता

काठमाडौं ।

खानामा कपाल पर्नु, झर्नु वा भेट्टिनु साधारण कुरा हो । शरीरकै अंग भएकाले खानामा कपाल पर्नु कुनै नौलो कुरा होइन । खाना तयार पार्दा, पकाउँदा, पस्किदा वा खाना लाग्दा कहिँकतैबाट पनि खानामा कपाल पर्न सक्छ । तर खानामा कपाल पर्दा वा भेटिदाँ धेरैलाई घिन लाग्छ ।

यसरी खानामा कपाल पर्दा कसैले यसलाई झिकेर फ्याँक्छन् र खाना खान्छन् भने कतिले घिनका कारण खाना नै फ्याँकिदिन्छन् । तर खानामा कपाल परेकै कारण खाना फ्याक्नु वा कपाल फ्यालेर खाना खानु कुन उचित होला ?

कपाललाई खानु राम्रो हुदँैन । तर कहिलेकाहीँ भुलवश खानासँगै कपाल निलिन्छ । यसरी निलिएको कपाल घाँटीमा नै अड्किएमा यसले समस्या पार्न सक्छ । यस्तोमा चिकित्सकको परामर्श लिनु पर्दछ ।

कुनै खतरनाक रोगका संक्रमित वा गम्भिर रोगको जोखिम भएका मानिसको कपाल परेको खण्डमा बाहेक र आफूलाई संक्रमणको खतरा छैन भने खानामा परेको कपाल फ्याकेर खाना खादाँ हुन्छ । खानामा कपाल झरेकै कारण सबै खाना फ्याक्नु उचित हुदैँन ।

केही सामाजिक मान्यता अनुसार कपाल निलिएमा आन्द्रामा बेरिने, खाना बनाउँदा कपाल परेमा परिवारका सदस्य रोगी हुने गर्दछन् । तर यो प्रमाणित भएको विषय भने होइन । यस्तै केही धार्मीक विश्वास अनुसार खानामा कपाल भेटिनु अशुभको संकेत मानिन्छ ।

म:म बन्यो विश्‍वकै लोकप्रिय खान्की

वासिङटन डिसी : नेपाली समाजमा मःमलाई ओजनदार खाजाको रुपमा लिइन्छ । नेपालमा मःम नरुचाउने सायदै कमै होलान्। नेपाल घुम्न आउने हरेक विदेशीले मःमको स्वाद लिएकै हुन्छन् । विदेशी पर्यटकहरुले समेत मःमको स्वादलाई अ’त्याधिक रुचाउँछन्। एकपटक म:मको स्वाद लिएपछि जोकोही फेरि म:म खोज्दै होटल, रेष्टुराँ पुग्ने गर्छन्। त्यसैले म:म नेपालमा मात्र नभएर विश्वमै लोकप्रिय खान्कीको रुपमा सूचिकृत भएको छ।

नेपाली ‘स्टाइल’ को मःम टोकियोदेखि न्यूयोर्कसम्म प्रख्यात छ । मःमका पनि धेरै परिकार छन्। बफ, चिकेन, भेज, मःम नेपाली समाजमा निकै रुचाइन्छन्। मःमका पारखीहरुले बफ मःमलाई नै बढी रुचाएको पाइन्छ। कारोबार पनि बफ म:मकै बढी हुन्छ।

अमेरिकी संचारमाध्यम सीएनएनले मःमलाई विश्वकै सबैभन्दा स्वादिष्ट खानामा सूचीकृत गरेको छ। सीएनएनले चीन, तिब्बत र नेपालमा पाइने मःमलाई विश्वकै स्वादिष्ट खान्कीको रुपमा चित्रण गरेको हो । अमेरिका,बेलायत र चीनमा पनि मःमलाई ‘डम्प्लिङ’ भनेर चिन्छन् । नेपाली समाजमा मःम सर्वाधिक रुचाइएको खान्की भित्रपर्छ । मःम मासु,सागसब्जी वा पनिरबाट बनाउन सकिन्छ।

धेरै वर्ष पहिला काठमाडौंबाट व्यापार गर्न नेवारहरु तिब्बत जाने गर्थे । सोही बेलामा नेवारहरुले तिब्बतबाट मःम काठमाडौं भित्र्याएको बुढापाकाहरु बताउँछन्। मःम भन्ने शब्द तिब्बती शब्द ‘मोहमो’बाट अपभ्रंश भएको हो ।

तिब्बतमा मःमलाई मोहमो भनिन्छ । जुन नेपालमा पाइने मःम भन्दा आकारमा ठूलो हुन्छ । व्यापारीहरुले लाम्चो आकारलाई मःम र डल्लो आकारलाई ममचा भन्न थालेका छन्।