भर्खरै काठमाडौंको कोटेश्वरमा घट्यो यस्तो दुखत घटना

जागृति खबर संवाददाता

२२ मंसिर, काठमाडौं ।

काठमाडौंको कोटेश्वरस्थित आकाशे पुलनजिकै रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सडक किनारामा रोकिराखेको ना६ख ३१५८ नम्बरको ट्रकमा गए राति करिब सवा २ बजे वाग्मती प्रदेश–०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भक्तपुरको ठिमीका ३५ वर्षीय सुरज खलाको उपचारका क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा गए राति नै मृत्यु भएको हो ।

उक्त ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

यो पनि पढ्नुहोस दाङमा मिनी ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुका लमही नगरपालिका – ६ देउपुरमा भएको दुर्घटनामापरी लमही नगरपालिका – ७ कमानपुर निवासी ३५ वर्षिय ठग्गुप्रसाद चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

मध्यनगरबाट लमही आउदै गरेको बा ३ ख १०४९ नम्बरको मिनी ट्रक र लमहीबाट मध्यनगर तर्फ जाँदै गरेको लु ४४ प ११०४ नम्बरको मोटरसाइकल एक आपसमा जुधेका थिए ।

घाईते चौधरीलाई लमही अस्पतालमा प्राथमिक उपचार पछी थप उपचारको लागी बुटवल लगिदै थियो । उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न मिनी ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।