गठबन्धनबीच राष्ट्रिय सभा र उपनिर्वाचनमा सहकार्य गर्ने लिखित सहमति भएको छ : अध्यक्ष नेपाल

जागृति खबर संवाददाता

२० मंसिर, काठमाडौं ।

नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय सभा र उपनिर्वाचन सम्मका गठबन्धनबीच सहकार्य गर्ने लिखित सहमति भएको बताएका छन् ।

गठबन्धनलाई अर्को निर्वाचन सम्मका लागि निरन्तरता दिनुपर्ने शिर्षस्थ नेताहरुले बताइरहेको बेला अध्यक्ष नेपालले राष्ट्रिय सभा र उपनिर्वाचन सम्मका लागि मात्र गठबन्धन दलहरुबीच सहकार्य गर्ने लिखित सहमति भएको बताएका हुन् ।

सोमवार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष नेपालले अन्य निर्वाचनबारे भने अहिले सम्म छलफल नभएको जानकारी दिए । उनले उपनिर्वाचन गराउनुको सट्टा संघीय संसद, प्रदेश र स्थानीय तहको निर्वाचन एकै पटक गर्ने बारे पनि छलफल भईरहेको पनि बताए ।
फरक प्रसंगमा अध्यक्ष नेपालले तत्कालै चुनाव हुने परिस्थिति नरहेको पनि स्पष्ट पारेका छन् ।

न्यायालय बारे सोधिएको प्रश्नमा अध्यक्ष नेपालले नेपाली कांग्रेसको महाधिवेशनको क्रम चलिरहेकोले प्रधानमंत्रीलाई ध्यानाकर्षण गराइएको र महाभियोग लगाउने बारे छलफल नभएको जानकारी दिएका छन् ।

आगामी चुनावमा माओवादी पहिलो दल हुने महराको दाबि !

पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र पहिलो दल हुने दाबि गरेका छन् ।

उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय उक्त दलको प्रथम सम्मेलन आइतबार शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

अन्य दलमा जस्तो यस दलमा आन्तरिक कलह नभएको स्पष्ट पार्दै उनले आदीवासी, जनजाति, घले, गुरूङ, सबैक्षेत्रको वृहत्तर हितका लागि आफ्नो दल निरन्तर अगाडि बढ्ने बताए । माओेवादीले ल्याएको जनहितकारी एजेण्डा पूरा गर्न बाँकी रहेकोले आफ्नो दललाई विजय गराउन उहाँले स्थानीय समुदाय माझ आग्रह पनि गरे ।

टुक्रिएर गएका डा बाबुराम भटृराई, बैध, विप्लव समेतका साथीलाई एकता गराउन सौहार्दपूर्ण वातावरणमा वार्ता अगाडि बढिसकेकाले रसुवा जिल्लामा पनि अन्यत्र गएका सबै साथी छिट्टृै मूलघारमै प्रवेश गरी नेकपा माओवादीलाई अत्यधिक मत दिएर उचाइमा पु¥याउने महराले विश्वास व्यक्त गरे ।

उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपा परित्याग गरी माओवादीमा प्रवेश गर्ने ५२ कार्यकर्तालाई सम्मान गरिएको थियो । महराले आइतबार नै रसुवागढी नाकाकोसमेत स्थलगत अवलोकन गर्नाका साथै कोरोना सङ्क्रमणका कारण उत्पन्न असरका बारेमासमेत जानकारी लिए ।