मलेसियामा कम्पनीको लापरबाहीले गर्दा नेपालीहरु यसरी ज्यान गुमाउन बाध्य !

जागृति खबर संवाददाता

१९ मंसिर, काठमाडौं ।

रोजगारीको लागि मलेसिया नेपालीको लागि रहर होईन बाध्यता हो , यो जो कसैलाई पनि थाहा भएको कुरा हो । आफ्नै देशमा केही नभए पछि रोजगार खोज्दै बिदेश जानू पर्ने नेपालीको बाध्यता पनि बनेको छ । त्यसैमा सबै भन्दा धेरै नेपाली जाने वैदेशिक रोजगारको लागि मलेसियामा मानिन्छ ।

तर मलेसियामा यतिबेला नेपाली युवाहरुले निकै दुख भोगी रहेका छान । कोरोनाको कारण कतिले रोजगार गुमाएका छन् त कतिले ज्या’ न ।
समयमा रोजगारदाता कम्पनीले उपचार नगर्ने त कतिपय अवस्थामा गैरकानुनी हैसियत भएकाले समेत समयमा उपचार नपाउदा मलेसियामा नेपालीहरुले यतिबेला ज्यान गुमाउदै गएका छन् ।

त्यस्तै हालमात्रै रोजगार दाता कम्पनीको लापरबाहीका कारण मलेसियामा दाङ हाङ्सपुर बगालेका पल राज ओलिलाई २ दिन अगाडि कोभिड देखाएको थियो तर सहि समयमा उपचार नपाउदा उनको मृत्यु भएको छ ।

मलेसियामा नै रहेका तिलोचन गौतममा अनुसार, एक पटक एम्बुलेन्स आयो केही भएको छैन भनेर फर्कियो । ओलिलाई बिरामले चा’प्दै गयो साथीहरूले पटकपटक कम्पनीलाई खबर गर्दा समेत सुनुवाइ भएन अन्त त देहावसान भयो । गौतमका अनुसार मलेसियामा अहिले यसरी कम्पनीको लापरबाहीका कारण र सहि समयमा उपचार नपाउदा नेपालीहरुले ज्यान गुमाउदै गएको बताए ।

नौ वटा देशबाट नेपाल आउन रोकियो

कोभिड १९ को नयाँ भेरिएन्ट ‘ओमीक्रोन’ फैलिएसँगै संक्रमण मुलुक भित्रिनबाट रोक्न सरकारले नौ वटा देशबाट नेपाल आउन बन्देज लगाएको छ । बिहीबार रातिदेखि नै लागू हुने गरी सरकारले दक्षिण अफ्रिका, जिम्बाबे, नामिविया, बोत्सवाना, लोसोथो, इसवाटिनी, मोजाम्विक, मलावी र हङकङबाट नेपाल आउन रोक लगाएको हो ।

यसैगरी ति मुलुकलाई ट्रान्जिट बनाएर आउने अरु देशका नागरिकलाई पनि अर्को आदेश नभएसम्मका लागि प्रवेशमा रोक लगाइएको छ । सरकारले प्रतिबन्ध लगाइएका मुलुकको यात्रा गरेर तीन साता अवधि पूरा नगरेका अरु देशका नागरिकलाई पनि नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिन नदिन तथा त्यस विरुद्ध प्रतिकार्य योजना लागू गर्ने गर्ने ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश–२०७८’ जारी गरेको थियो ।

विभिन्न देशका कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन देखापरेसँगै नेपालमा त्यसको रोकथाम तथा नियन्त्रणका लागि मन्त्रिपरिषद बैठकले कोभिड–संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को अगुवाइमा क्वारेन्टिन व्यवस्थापन टोली गठन गर्न निर्देशन पनि दिएको छ ।