मलेशियामा नेपाली कामदारलाई कम्पनीले जबरजस्ती यस्तो गर्न थाले पछि !

जागृति खबर संवाददाता

काठमाडौ ।

मलेशियाको एक कम्पनीमा कार्यरत करिब आधा दर्जन बढी नेपाली सहित बाङ्लादेशी कामदार लाई कम्पनीले जबर्जस्ति स्वदेश फर्काई रहेको जानकारी प्राप्त भएको छ। वगत महिना एनएसएल एस्टर्न प्रोटेच एस.डि.एन बि.एच.डी कम्पनीले को’भि’ड-१९ को समस्या देखाउदै न्युनतम तलब काटेपछि करिब २०० नेपालि श्रमिकहरु आम हडतालमा उत्रीएका थिए।

आम हडताल पछि नेपाली राजदुताबासको समन्वयमा श्रमिकहरु काममा फर्किएका थिए। तर पुनः सम्झौता बिरुद्ध तलब काटेपछि उनिहरु कम्पनीका प्रतिनिधि विरुद्ध उत्रिए पछि कम्पनी र कामदार बिच बिवाद सुरु भएको थियो। कम्पनीमै कार्यरत नेपाली र बङ्गाली लाई कम्पनीले केहिदिन अघि मात्रै स्वदेश फर्काई दिएपछि रहस्य खुलेको हो। ५ नेपाली सहित बाङ्लादेशका २ नागरिक लाई कम्पनी बिरुद्ध आन्दोलन गर्न उक्साहट गरेको आरोपमा स्वदेश फर्काइएको छ।

नेपाल फर्काईएकाहरुमा चिरञ्जीवी नेपाल,नगेन्द्र चौधरी,राम कुमार खत्री,सुदिप सुबेदि रहेका छन। भने एक जनाको अवस्था अज्ञात रहेको बुझिएको छ। खत्रीको भने को’भिड-१९ सङ्क्र’म्ण देखिएकोले मलेसियामै छोडिएका छन।

समाचार श्रोतका अनुसार ३ नेपाली ८ बर्ष यता उक्त कम्पनीमा कार्यरत थिए। आफुहरुले पाउनु पर्ने हिसाब नदेखाई तलब बाटै टिकट खरिद गरि नेपाल फर्काइएको छ। यद्यपि सम्झौता अनुसार रोजगारदाताले ३ बर्षे करार अवधी सके पश्चात् टिकट उपलब्ध गराउनुपर्ने प्रावधान छ।

साइप्रस : नेपाली जनप्रगतिशील मञ्चका सचिव ठकुरीमाथि सेक्सुअल ह्यारेस्मेन्टको आरोप

माओवादी केन्द्रको प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्च साइप्रसका सचिव केशव ठकुरीमाथि आफ्नै कमिटीका महिला पदाधिकारीहरुलाई सेक्सुअल ह्यारेस्मेन्ट गरेको आरोप लागेको छ ।

सचिव ठकुरीले मञ्चकी उपाध्यक्ष सालामा क्षेत्री (नाम परिवर्तन)लाई ‘संगठनको कुरा गर्नुछ’ भन्दै कयौं पटक भिडियो कल गरेर यौनजन्य कुरा गर्ने, झुक्याएर नाङ्गै भएर भिडियो देखाउने, सेक्सुअल ह्यारेस्मेन्ट हुने प्रकारका म्यासेजहरु गर्ने जस्ता हर्कत गरेपछि उपाध्यक्ष क्षेत्री मञ्चको बैठकमा नै जान छोडेको पीडितले बताएकी छन् ।

उनलाई मात्र नभई पीडक ठकुरीले कार्यसमितिका महिला दुई उपाध्यक्ष, एक सचिब र केही सदस्यहरूलाई यस्तो हर्कत गरेको कारण मञ्च त्याग्न बाध्य बनाइएको बुझिएको बताइएको छ । साइप्रसमा भएका झन्डै आधा दर्जन बढी नेपाली महिलाहरुलाई अनेकौं जालझेलमा पारेर अनैतिक कार्य गर्न उक्साउने र बाध्य पार्ने गरेको तर, पीडितहरु सामाजिक बदनामीको डरले खुल्न नसकेको उनले बताइन् ।

तर, आफू भने अति भएपछि मिडियामा आएको पीडितले दाबी गरेकी छन् । यस्ता अनैतिक गतिविधिमा संलग्न उनै केशव ठकुरी अहिले फेरि जनप्रगतिशील मञ्च साइप्रसको अध्यक्ष हत्याउन लागिपरेको र यूरोप समन्वय कमिटीका केही पदाधिकारीहरूले उनैलाई बोकेर हिहिरहेको मञ्च सुत्रले जनाएको छ ।

महिला दिदीबहिनीहरु माथि अनैतिक हर्कत गर्ने र गिद्दे दृष्टि लगाउने यस्ता व्यक्तिहरुलाई कुनै संगठनको जिम्मेवारी दिन नहुने र सामाजिक रूपमा बहिष्कार गर्नुपर्ने साइप्रसको नेपाली समुदायमा आवाज उठेको छ ।

संगठनलाई तहस नहस पारे!

विश्वभर ३६ देशमा रहेको जनप्रगतिशील मञ्च मध्ये एक मात्र साइप्रसमा महिला आदिवासी जनजाति समुदायको नेतृत्व नेतृ रमिला राई अध्यक्ष रहेकी छन् । तर, सचिवमा नियुक्ति भएपछि ठकुरीले अध्यक्षलाई जानकारी नदिई कीर्ते हस्ताक्षर गर्दै कामहरू गर्न थालेको आरोप छ । त्यस्तै गुटबन्दीमा लागेको तथा संस्थालाई तहस नहस पार्ने अभियानमा लागेको समेत उनिमाथी आरोप छ ।

पीडित सालमा क्षेत्रीको कथन छ, ‘गहन जिम्मेवारी बोध नगर्ने, सागठानिक परिपक्वता नभएकोलगायतका आचरण कै कारण र मुलरूपमा सचिव ठकुरीको महिलालाई हेर्नु कुदृष्टि कै कारण सगठनका हामी दिदीबहिनीहरू तित्तर वितर हुन बाध्य भयौं ।

उनले थप भनेकी छन्, ‘झन्डै ९ हजार महिला र २ हजार पुरुष नेपाली रहेको साइप्रसमा ७० प्रतिशत महिलाको बाहुल्यता छ । महिला अध्यक्ष र महिला सचिव नै हुदा संगठनको गरिमा बढेको नै थियो तर, उनको आगमसँगै अध्यक्ष रमिलालाई काम गर्न नदिने र भाडभैलो मचिन सुरु ग¥यो ।’

साइप्रसमा नेपालबाट विद्यार्थी र घरेलु कामदार आउने गरेका छन् । सचिव ठकुरीबाट पीडित महिलाहरू शाह, अधिकारी, थापा मगर, खापुंग, घिमिरे थरका ७ भन्दा बढी पीडित महिलाहरू सम्पर्कमा आएका बताइएको छ ।