ओमिक्रोन फैलिएसँगै मलेसियामा एकैदिन कोभिड-१९ बाट ४७ जनाको मृत्यु !

जागृति खबर संवाददाता

१७ मंसिर, काठमाडौं ।

मलेसियामा कोरोना बाट थप ४७ जनाको मृत्यु भएको छ स्वास्थ्य मन्त्रालयले गए राति अपडेट गरेको पछिल्लो तथ्यांकले देखाएको छ। ओमिक्रोन विश्वव्यापी रूपमा फैलिएसँगै मलेसियामा एकैदिन कोरोनाबाट ४७ जनाको मृत्यु भएको हो भने एकैदिन कोरोना संक्रमण हुने 5,806 जना रहेका छन् ।

मलेसियामा अहिलेसम्म मृत्यु हुनेको संख्या ३० हजार ५२१ पुगेको छ । मलेसियामा मृत्यु भएको मध्य तेरेन्गानुमा प्रति १० लाख मानिसमा ४५ जनाको मृत्यु भएको थियो। यसपछि केलान्तान प्रति १० लाख मानिसमा २९ र पेराक प्रति १० लाख मानिसमा २४ जनाको मृत्यु भएको थियो जनाइएको छ ।

CovidNow वेबसाइटका अनुसार मृत्यु भएका मध्ये ६२.६ प्रतिशतले खोप नलगाएको देखाएको छ भने २२.५ प्रतिशतले आंशिक रूपमा खोप लगाइएको र १४.९ प्रतिशतले पूर्ण रूपमा खोप लगाएका छन् । मृत्यु हुनेमा महिला भन्दा पुरुस धेरै रहेका छन् साथै ८६.९ प्रतिशत मलेसियाली नागरिक रहेको जनाएको छ ।

हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह

बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गर्नुभएको छ । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुुनुुहुन्छ ।

सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गर्नुभएको थियो । बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग बिहीबार विवाह सम्पन्न भएको हो ।

हेलिकोप्टरका लागि जोगीले रु तीन लाख ८० हजार तिरेर चार्टर्ड गर्नुभएको थियो । छोराले बिहेमा हेलिकोप्टर चढेर जाने इच्छाएकाले चार्टर्ड गरेको दुलाहाका बुबा जोगीले बताउनुभयो । “विवाह भन्ने कुरा जीवनमा एकपटक मात्र गर्ने हो”, बेहुलाका बुवा जोगीले भन्नुभयो, “बेहुलाले नै त्यस्तो इच्छाएपछि पूरा गर्नैप¥यो ।” उहाँले सम्पत्ति यस्तै बेलामा चाहिने र परेको बेलामा खर्च गर्न पछि हट्न नहुने पनि बताउनुभयो । छोराको बिहेमा हेलिकोप्टर भाडामा ल्याउन पाएकामा आफूलाई खुशी लागेको उहाँले बताउनुभयो ।

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि आफूलाई पनि बिहेमा हेलिकोप्टर चढ्ने इच्छा जागेको बेहुला बिर्जुले बताउनुभयो । “हेलिकोप्टर चढ्ने इच्छा थियो, बिर्जुले भन्नुभयो, बुवाले मेरो इच्छा पूरा गरिदिनुभयो । हाम्रो सन्देश डटकम बाट