जोखिममा बैदेशिक रोजगारी ! फेरी अन्तर्राष्ट्रिय उडान जति खेर पनि बन्द हुन् सक्ने !

जागृति खबर संवाददाता

१६ मंसिर, काठमाडौं ।

कोरोना भाइ’रसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ २२ भन्दा बढी मुलुकमा फैलिसकेको छ । नेपालमा पनि फैलिन सक्ने उच्च सम्भाबना रहेको कारणले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोनको जोखि’मलाई मध्यनजर गर्दै अत्यावश्यकबाहेक विदेश भ्रमण नगर्न अपिल गरि सकेको छ ।

लामो समय देखि ठप्प बैदेशिक रोजगारी पुन धरापमा पर्न लागेको छ । बिस्तारै ताग्रिदै गरेको बैदेशिक रोजगारमा पुन देखिएको कोरोनाको नया भेरियन्ट ले पुन अन्तर्राष्ट्रिय उडान रोकिने होकी भन्ने चिन्ता थपेको छ ।

अहिले पनि हजारौ युवा विदेश को प्रोसेस मा छन् । कोरोनाको नया भेरियन्टले विदेश जानेलाई मात्र होइन बैदेशिक रोजगारीमा गएर फर्किने नेपाली पनि प्रभावित हुन् सक्छन ।

पूर्ण खोप लगाएका ब्याक्ति मा पनि ओमिक्रोन देखिएपछी फेरी उठ्दै गरेको बिस्व फेरी एकपटक कोरोनाको चपेटोमा लपेटिने डर बढेको छ । बैदेशिक रोजगारीमा रहेका नेपालि युवाले धेरै समस्या भोगिसकेका छन् ।

कहिले क्वारे’न्टाइन को नाममा अनाबश्यक शुल्क तिरेका छन् त् कहिले फ्लाइट चार्ट’र्डको नाममा सामान्य समयमा भन्दा चार गुणा हवाई टिकट मा खर्चिएका छन् । नेपाल मा अहिले सम्म यो भेरिएन्ट पुस्टि नभएपनि कमजोर स्वास्थ्य नीति र बिम्मंस्थालाको कमजोर ब्यबस्थापन ले गर्दा एक दुइ दिनमै देखिने पक्का छ ।

नेपाल ले आफुले हवाई उडान नारोकेपनि नेपाल मा ओमिक्रोंन देखिएपछी अन्य मुलुक ले हवाई प्रति’बन्ध लगाउन सक्नेछन यस अर्थमा फेरी हवाई रोकिन सक्नेछ । विश्व स्वास्थ्य संगठन (डब्ल्यू’एचओ) ले विश्वभरी नै ओमिक्रोनको संक्रमण फैलिने सम्भावना उच्च रहेको जनाएको छ ।