माओवादी केन्द्र र एकीकृत समाजवादी हाम्रो एकता घोषणा : डा.बाबुराम भट्टराई

जागृति खबर संवाददाता

१५ मंसिर, काठमाडौं ।

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालत र दलका अधिवेशनमा देखिएका अलोकतान्त्रिक हर्कतले देश फेरि प्रतिगमनतर्फ लागेको टिप्पणी गरेका छन।

बुटवलमा हिजो पत्रकारहरुसँग अध्यक्ष भट्टराईले आन्दोलन र संर्घषबाट आएका नेता कार्यकता मूकदर्शक बन्दै दासत्व स्वीकार गर्दै केही नेतालाई राजा–महाराजाको रुपमा देखाउनु देश प्रतिगमनमा गएको प्रमाण भएको दाबि गरेका छन।

अहिलेको व्यवस्था विघटन गर्नेतर्फ लागेको प्रतिगमनलाई गठबन्धन बनाएर रोक्न सफल भए पनि फेरि प्रतिगमनकारी गतिविधि बढेकोमा भट्टराईले चिन्ता ब्यक्त गरेका छन ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले अहिलेको गठबन्धन निर्वाचनसम्म एक भएर जानु उपयुक्त हुने बताए। उनले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गरेर जानुपर्ने आसय व्यक्त गरेका छन।

जसपाका बरिष्ठ नेता अशोक राईले पार्टी अहिले संगठन सुदृढिकरण तथा जनजागरण अभियानमा लागेको बताउँदै यो अभियान मंसिर भर चल्ने जानकारी दिए ।
सहमतिको कुरा थाहा छैन, म चुनाव लड्दैछुः डा.भीम रावल

नेकपा एमाले दसौं महाधिवेशनको निर्वाचन कार्यक्रम सोमबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ।आजै राति १ बजेसम्ममा नामावली दर्ता, त्यसलगत्तै दाबी विरोध र रातको २ बजे अन्तिम नामावली प्रकाशन गर्ने गरी यसअघि निर्वाचन कार्यतालिका ल्याइएको थियो।

तर निर्वाचन समितिले सबै कार्यतालिका सोमबार बिहान ८ बजेसम्मका लागि स्थगित गरेको हो।एमालेमा केन्द्रीय समिति देखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा केपी ओलीलाई दिइएको थियो।

तर सर्वसम्मति जुट्न नसकेपछि निर्वाचन कार्यतालिका राति अबेर ११ बजे प्रकाशन गरिएको थियो।एमालेमा उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल निर्वाचनको पक्षमा छन्। उनीहरुले केपी शर्मा ओलीको सर्वसम्मतको प्रयासलाई अस्वीकार गरेका छन्।

राती अबेर बसेको महाधिवेशन सञ्चालनका लागि गठन गरिएको अध्यक्ष मण्डलको बैठकपछि रावलले आफू निर्वाचन लड्ने बताएका छन्। ‘सहमति कहाँ के कसो भएको हो मलाइ थाहा छैन,’ रावलले भने, ‘म निर्वाचन लड्छु।