जापानले ओमिक्रोन भेरियन्टको कारण नयाँ आगमन उडान बुकिङ रोक्यो

जागृति खबर संवाददाता

१५ मंसिर, टोकीयो ।

जापानले ओमिक्रोन भाइरस भेरियन्टकोे कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडान बुकिङहरू बन्द गर्न आग्रह गरेको यातायात मन्त्रालयले बुधबार जानकारी दिएको छ । ओमिक्रोन भाइरस भेरियन्टका पहिलो केस पुष्टि गरेको एक दिनपछि आगमन भएका यात्रीमा दोस्रो संक्रमण पत्ता लागेपछि सो निर्णय आएको बताइएको छ ।

‘हामीले डिसेम्बर १ देखि एक महिनाका लागि सबै नयाँ आगमन उडान रिजर्भेसनहरू स्वीकार गर्न रोक्न एयरलाइन्सहरूलाई आग्रह गरेका छौं’ , यातायात मन्त्रालयका एक अधिकारीले एएफपीलाई जनायो, विद्यमान बुकिङमा असर नपर्ने पनि उनले बताएका छन् । जापानको सरकारले पहिले नै आफ्नो सीमा सुरक्षामा कडा गरिसकेको छ । दश दक्षिण अफ्रिकी राष्ट्रहरूबाट आउने सबै गैर–नागरिकहरुलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

भाइरसको डरले दर्जनौं भन्दा बढी देशहरुबाट आएका नागरिकहरू र विदेशी बासिन्दाहरुका लागि क्वारेन्टाइन उपायहरु पनि कडा बनाइएको छ ।जापानी अधिकारीहरूका अनुसार ओमिक्रोनको दोस्रो केस बुधबार पेरुबाट आएका यात्रीमा पुष्टि भएको थियो । पहिलो केस, मंगलबार घोषणा गरियो, नामिबियाबाट आएका एक व्यक्ति समावेश थिए ।

बैठकका सहभागी एक अधिकारीले नेपाल समाचारपत्रसँग भने– ‘हामीले स्वास्थ्य मन्त्रालयको लापरबाहीको विषयमा प्रश्न उठाएका थियौं । यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको छ ।’ बैठकमा उपस्थित अधिकांशले नयाँ प्रजातिको भाइसरबाट जोगिन चीन र भारत दुवै देशको सिमानामा कडाइ गर्नुपर्ने सुझाव दिएका थिए ।नयाँ भाइरसबाट हुन सक्ने संक्रमणको अवस्थाको बारेमा सबै निकाय चिन्तित हुनुपर्ने सबैको भनाइ थियो । विश्व स्वास्थ्य संगठनले नयाँ भाइरसले पार्ने प्रभावको बारेमा अनुसन्धान गरिरहेको बताउँदै नयाँ प्रजातिले विश्वलाई चिन्तित तुल्याइसकेको जनाएको छ ।

सीसीएमसीका प्रवक्ता एवं सहसचिव सुनीता नेपालले सीसीएमसीको बैठकको निर्णयानुसार उच्च सतर्कता अपनाउने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सुझाव पठाइएको जानकारी दिनुभयो । यद्यपि उहाँले कुन–कुन मुलुकको यात्रा प्रतिबन्ध लगाउने भन्ने विषयमा भने निर्णय नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘कुन–कुन देशका यात्रुलाई प्रतिबन्ध लगाउने भन्ने विषयमा प्रधानमन्त्री कार्यालयबाट मन्त्रिपरिषद्मा सीधै सिफारिस होला ।’

ओमिक्रोन भाइरस अफ्रिका, एसिया र युरोपका अधिकांश मुलुकमा प्रवेश गरिसकेको छ । दक्षिण एसियाली मुलुकमा समेत यो नयाँ प्रजाति प्रवेश गर्न सक्ने आशंकामा भारतले समेत अफ्रिकी मुलुकको यात्रामा प्रतिबन्ध लगाइसकेको छ । कोभिड–१९ को नयाँ प्रजाति ओमिक्रोन भाइरस अस्ट्रेलिया, हङकङ, इटाली, जर्मनी, ब्राजिल, इजरायल, नेदरल्यान्ड, बेलायत, बेल्जियम, चेकगणतन्त्रलगायतका मुलुकमा फैलिइसकेको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ प्रजातिको भाइरसको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । गत कात्तिक २३ गते अफ्रिकामा संकलन गरिएको नमुनाको जेनेटिकमा ओमिक्रोन भाइरस फेला परेको थियो ।