एउटा यस्तो स्थान जहाँ ५ दिनसम्म निर्वस्त्र हुन्छन् महिला

जागृति खबर संवाददाता

एजेन्सी ।

सुन्दै पनि पत्यार लाग्न नसक्ने घटना संसारको विभिन्न स्थानमा भइरहेका हुन्छन् । हुन पनि यो संसार अनौठो रहस्यले भरिएको छ ।

आज हामी यस्तै एउटा अनौठो कुराको बारेमा आज हामी तपाइँलाई जानकारी दिँदैछौँ । भारतको एउटा गाउँमा अनौठो परम्परा रहेको छ । जहाँ अन्धविश्वासका कारण महिलाहरु पाँच दिनसम्म निर्वस्त्र रहन्छन् ।

भारतको हिमाञ्चल प्रदेशको मणिकर्णिका घाटीको पाणी गाउँमा केही यस्तै रितीरिवाज रहेका छन् । यदि महिलाले यो परम्परा पालना नगरेमा घरमा अशुभ हुने गरेको मानिएको छ । एक राक्षस पहिला सुन्दर कपडा लगाउने महिलालाई लिएर जाने गर्दथ्यो ।

जसको अन्त्य देवताले गरेका थिए ।मान्यताका अनुसार लाहुआ देवता आज पनि गाउँमा जाने गर्दछन् ।

नायिका शिल्पा सेट्टीको बयान–‘राजले पोर्न होइन इराटिक फिल्म बनाउँथे’

पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले शुक्रबार ६ घन्टा शिल्पा र उनका पति राज कुन्द्रालाई एकसाथ राखेर बयान लिएको थियो । शिल्पासँग सोधपुछ गर्नका लागि क्राइम ब्रान्चको टिम उनको घर पुगेको थियो । प्रहरीले राजलाई पनि सँगै लिएर गएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रहरीसँग बयान दिने क्रममा शिल्पाले यो बिषयमा आफूलाई अलग राखेकी छिन् । उनले, पोर्न चलचित्र बनाउने कुरामा आफ्नो कुनै भूमिका नरहेको पनि स्पष्ट पारेकी छिन् ।

भारतीय मिडियाका अनुसार, शिल्पाले प्रहरीसँगको बयानमा उनका श्रीमान् राज कुन्द्राले हटसट्स नामक एपमा पोर्न नभएर इराटिक चलचित्र बनाउने गरेको दाबी गरेकी छिन् । शिल्पाले हटसट्समा उपलब्ध भएका भन्दै कैयौं अश्लिल बिषयवस्तु समावेश भएका चलचित्र ओटीटी प्लेटफर्ममा उपलब्ध भएको बयान दिएकी छिन् ।

शिल्पाले यो बिषयमा राजका आफन्त प्रदिप बख्शीलाई दोषी ठहर्याएकी छिन् । शिल्पाले लण्डनमा बसोबास गर्ने प्रदिपले यो एप चलाइरहेको बताउँदै आफ्ना पति निर्दोष रहेको दाबी गरेकी थिइन् । शिल्पाले आफूलाई हटसट्समा चलचित्रहरु सार्वजनिक गर्ने गरेको बिषयमा कुनै पनि जानकारी नभएको पनि बयान दिएकी छिन् ।

शिल्पाले केही दिन अगाडि मात्र राज कुन्द्राको कम्पनी ‘वियान इन्डस्ट्रिज’बाट राजिनामा दिएकी थिइन् । यसैले, प्रहरीले शिल्पा यो घटनामा सहभागी छिन् या छैनन् भन्ने बिषयमा अनुसन्धान गरिरहेको छ । क्राइम ब्रान्चले पोर्न चलचित्रको माध्यमबाट शिल्पाले पैसा कमाएकी थिइन् या थिइनन् भन्ने बिषयमा अनुसन्धान गरिरहेको छ ।

हिरासतमा रहेका राज कुन्द्राले भने आफ्नो गिरफ्तारीको विरुद्धमा मुम्बइको उच्च न्यायलमा मुद्दा दायर गरेका छन् ।