सोमवार काठमाडौ विमानस्थलमा भएको त्यो घटना…

जागृति खबर संवाददाता

१४ मंसिर, काठमाडौं ।

काठमाडौ स्थित विमानस्थलमा निकै ठूलो घटना भएको छ । विमानस्थल भन्सार कर्मचारीले निकै ठूलो परिमाणमा सुन बरामद गरेका छन् । विदेशबाट फर्किनेहरूले ल्याएको बाला आकारको २१ किलो सुन बरामद भएको हो । सोमबार खाडी मुलुकबाट फर्किनेहरूले बाला बनाएर लगाएर ल्याएको २१ किलो सुन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले बरामद गरेका हुन् ।

काँचो सुनलाई बाला बनाएर लगाएर आएका ४ सय १५ जनाको साथबाट २१ किलो सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिएका छन् । भन्सार कर्मचारीले उनीहरुलाई भन्सार तिराएर सुन भने फिर्ता दिएका छन् । काँचो सुन भएकाले भन्सार तिराएर सुन फिर्ता दिएको कर्मचारीले बताए । बरामद भएको मध्य १ सय ९५ जनाले राजस्व तिरेर आफ्नो सुन लगेको भट्टराईले जानकारी दिए ।

यसअघि बाला आकारको सुन भन्सार छुटमा ल्याउन दिइएको थियो । तर ब्यापारी र सुन त स्क र हरुले यसैवाट फाइदा लिन थाले पछि विमानस्थलले कडाई सुरु गरेको छ । अहिले विमानस्थल भन्सार कार्यालयले भन्सार महसुल लिन थालेको छ । विदेशबाट फर्किनेहरूलाई सुन त स्क रहरूले भरियाको रूपमा प्रयोग गरेर काँचो सुन पठाउन थालेको देखिएको छ । ५० ग्रामसम्मको गहनामा भन्सार शुल्क लाग्दैन । ५० ग्रामभन्दा माथि थप २ सय ग्रामसम्म भन्सार महसुल तिरेर गहना ल्याउन पाइन्छ ।

सकियो एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक

नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसेको छ । एमालेको पहिलो बैठक चितवनस्थित सौराहामा बसेको हो ।

बैठकले कुनै निर्णय नगरे पनि ओलीले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा ओलीले पार्टीलाई निर्वाचन केन्द्रीत बनाएर देशको शक्तिशाली पार्टी बनाउने बताएका छन् ।

केन्द्रीय कमिटीको अर्को बैठक मंसिर २५ र २६ गते बस्ने पनि उनले जानकारी दिए । सोही बैठकबाट पोलिट ब्यूरो, स्थायी कमिटी निर्माण र जिल्ला तथा प्रदेश कमिटी अधिवेशन कार्यतालिका बन्ने ओलीले बताए ।