दुबईबाट लगेजमा यस्तो समान बोकेर आएका दुई जना एयरपोर्टबाटै प’क्राउ

जागृति खबर संवाददाता

काठमाडौं ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दु्ईतोला सुनसहित दुईजना पक्राउ परेका छन्। विमानस्थलको पार्किङस्थलबाट दुई केजी सुनसहित दुईजना पक्राउ परेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए।

प क्राउ पर्नेमा दाङका सीताराम चौधरी र सिराहाका सरोज सहनी हुन्। त्रिभुवन विमानस्थलको सुरक्षा टोली र अप राध महाशाखाको टोलीले शुक्रबार सुन बरा मद गरेको हो ।

बरामद भएको सुन लेदो अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। परीक्षणका लागि भन्सार विभाग पठाइएको प्रहरीले जनाएको छ। उनीहरुले सुन भित्री कपडामा गोजी बनाएर सेतो पोलीथिनमा बेरेर लेदो बनाएर ल्याएका थिए ।

यस्तै सोही विमानबाट आएका व्यक्तिबाट १५० ग्राम सुन लिँदै गरेको अवस्थामा कन्चनपुरका धर्मबहादुर सुनार र खोटाङका हरीप्रसाद गिरी पनि प्र क्राउ परेका छन् । उनीहरुबाट ५० ग्रामका दरले तीनवटा सुनका बाला बरामद गरिएको प्रहरीले जनाएको छ।

कास्कीमा बस दुर्घटना हुँदा चालकको मृत्यु, आठ जना घाइते

कास्कीमा यात्रवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा भैरहवाबाट बागलुङका लागि छुटेको बस सडकबाट ३० मिटर तल खसेर दुर्घटना हुँदा घाइते भएका बस चालक पाल्पाका भुपनाथ खनालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बागलुङका शिवराम शर्मा, कृष्ण खड्का, राजु श्रेष्ठ, उमलाल श्रेष्ठ, सुवर्ण सापकोटा, पर्वत फलेवासका सूर्य तिवारी, चितवन भरतपुरका साधना उपाध्याय, दुर्घटनास्थल पाउदुरकी माया विक घाइते भएका कास्की प्रहरी प्रवक्ता सुन्दरमणी तिवारीले जानकारी दिए ।

उनीहरुको पोखरास्थित फिस्टेल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।