भर्खरै: लमजुङ केन्द्र भएर गयो यति ठुलो भूकम्प

जागृति खबर संवाददाता

१३ मंसिर, काठमाडौं ।

लमजुङमा आज साँझ ६ बजेर ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार आसपास केन्द्र विन्दु बनाएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

उक्त ठाउँमा गएको भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस भएको बताइएको छ ।

गम्भीर घाइतेको हवाई उद्धार

रूखबाट लडेर गम्भीर घाइते भएका बागलुङको बडिगाड गाउँपालिका–८ पुरानो गाउँ किटानी माविका ५४ वर्षीय शिक्षक टकबहादुर काउछालाई हवाई उद्धार गरिएको छ ।

घर नजिकैको रूखमा तरकारी (इस्कुस) टिप्ने क्रममा लडेर घाइते हुनुभएका काउछालाई भीमगिठे स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाइएको बडिगाड गाउँपालिकाका स्वास्थ्य संयोजक चुडामणि कँडेलले जानकारी दिनुभयो ।

करिडोरमा ट्र्याक्टर दुर्घटना, दुईको मृत्यु
बागलुङको बलेवामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयाबाट कुश्मीशेराका लागि हिँडेको ध१च ३६० नंको ट्र्याक्टर कालीगण्डकी करिडोरको बलेवा–कुश्मीशेरा खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छैन ।

दुवै जना पुरुष भएको स्थानीयवासी भरत पौडेलले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका १२ वर्षीय सुदीप केसीलाई उपचारका लागि पर्वत सदरमुकाम कुश्माको अस्पताल लैजाने तयारी भइरहेको छ । घटनास्थलमा प्रहरी पुगेको छ । ट्र्याक्टर चालक भने फरार छन् । कैयादेखि करिडोरमा उक्लिने क्रममा ट्र्याक्टर भिरबाट झन्डै २०० मिटर तल खसेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।