काठमाडौं, १३ मंसिर ।
नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको तीन सय एक सदस्यीय केन्द्रीय कमिटीमा सचिवमा प्रस्तावित रघुवीर महासेठकी श्रीमती जुलीकुमारी महतो केन्द्रीय सदस्य बनेकी छन् ।
उनी ओली सरकारमा मन्त्रीसमेत बनेकी थिइन् । यसैगरी, एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राईसमेत केन्द्रीय सदस्य बनेका छन् ।
तेह्रथुमका सबै पालिकामा १७ मंसिरबाट मतदाता नामावली संकलन
तेह्रथुमका सबै ६ पालिकामा आगामी १७ मंसिरबाट मतदाता नामावली संकलन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका अनुसार यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका वा नाम दर्ता गर्न उमेर पुगेका १६ बर्षमाथिका नागरिकको नामावली संकलन गरिने छ ।
कार्यालयका निर्वाचन अधिकारी होमप्रसाद पौडेलका अनुसार विवाह गरेका महिलाको हकमा विवाह दर्ता र अन्यत्रबाट बसाई सरी आउने नागरिकहरू बसाइसराइको प्रमाणपत्र आवश्यक पर्नेछ ।
कार्यालयका अनुसार नामवली संकलनका लागि सबै नगर तथा गाउँपालिकामा कर्मचारी खटिने छन् । नागरिकहरूलाई मत दिने अधिकार उपयोग गराउन सरोकारवालाहरूले प्रचारप्रसारमा जुट्न कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।
जिल्लाका पाँच वटा स्थानीय तह लालीगुराँस नगरपालीका, छथर गाउँपालिका, फेदाप गाउँपालिका, मेन्छ्यायेम गाउँपालिका र आठराई गाउँपालिकामा यही १७ मंसिरदेखि २६ मंसिरसम्म प्रत्येक पालिकाको केन्द्रमा नामावली दर्ता संचालन हुने बताए । यसैगरी म्याङलुङ नगरपालिकाको हकमा १७ मंसिरबाट २६ मंसिरसम्म जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट हुनेछ ।