केपी ओलीलाई, हराएर एमालेको अध्यक्ष हुदै युवा नेता – भीम रावल

जागृति खबर संवाददाता

काठमाडौं, १३ मंसिर ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन् । उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै उनले अब पछि हट्ने अवस्था नरहेको बताए ।

होटल सेभेन स्टारमा बन्दसत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुँदैछ । पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयासस्वरुप एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गर्दै बन्द सत्रमा प्रस्ताव पेस गर्दैछ । तर रावलले भने आफू उम्मेदवारीबाट पछि हटिनसकेको बताएका छन् । उनले निकटस्थहरूसँग आफूले सात सय मत ल्याउने बताइरहेका छन् ।

र’क्सी खाएर प्रचार गरे उम्मेदवारी रद्द हुने नेकपा एमालेले दसौं राष्ट्रिय महाधिवेशनको केन्द्रीय नेतृत्वका लागि हुने निर्वाचनका लागि आचारसिंहता जारी गरेको छ ।

एमालेको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको आचार संहितामा उम्मेदवारहरुले मतदातालाई प्रभावित गर्ने गरी भोजभतेर आयोजना गर्नका लागि निषेध गरिएको छ ।

त्यसैगरी मादक पदार्थ सेवन गरेर प्रचार गर्नसमेत निषेध गरिएको छ । आयोगले आचार संहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गरेसम्मको व्यवस्था रहेको छ । ‘निर्वाचन आयोगले दिएको निर्देशन पालना नगर्ने व्यक्तिलाई सचेत गराउने, निर्वाचन स्थलबाट हटाउने, निर्वाचनमा उम्मेदवारी वा मतदाताको सूचीबाट नाम हटाउने

वा रद्द गर्ने सम्मको कारबाही केन्द्रीय निर्वाचन आयोगले गर्न सक्नेछ’आचारसंहितामा भनिएको छ । ‘ज्याकेट, टिसर्ट, ट्रयाकसुट, डटपेन, टोपी, झोला, डायरी, लकेट, व्यक्तिको चरित्र हत्या हुने खालको सामाग्री, बोर्ड, तुल–व्यानर, ब्रुसर, गम्छा लगायतका निर्वाचनलाई प्रभावित पार्ने कुनैपनि सामग्रीहरु वितरण गर्न पाईने छैन,’ आचारसंहितामा भनिएको छ ।