चितवनमा जनलहर उत्रनुमा ओलीको भन्दा मेरो योगदान छः दुर्गा प्रसाईं

जागृति खबर संवाददाता

काठमाडौं, १२ मंसिर।

नेकपा एमालेको दशौं महाधिवेशनले मेडिकल व्यवसायी दुर्गा प्रसाईं औँधी खुसी देखिएका छन् ।

माओवादी छाडेर एमालेमा आएसँगै भएको महाधिवेशनमा आफ्नो पकड कति रहेछ भन्ने उनले खुलासा गरेका छन् । महाधिवेशन स्थल चितवनमा रहेका उनले सञ्चारकर्मीसँगको कुराकानीमा एमालेमा आफ्नो पकड कति रहेछ भनेर भनेका छन् ।

त्यसो त प्रसाईंले एमालेको महाधिवेशन उद्घाटन सत्रमा जनलहर आउनुमा अध्यक्ष केपी शर्मा ओलीको मात्र नभई आफ्नो पनि विशेष योगदान रहेको बताए ।

‘मैले एमाले प्रवेश गरेपछि ओलीको क्रेज झन् बढेको छ । हिजो देखिहाल्नुभो नि,’ उनले भने । पार्टी विभाजन नभएको भए यसको क्रेज अझैँ बढ्ने पनि उनले बताए ।

शुक्रबार महाधिवेशन उद्घाटन समारोहमा एमालेले पाँच लाख मानिस उतारेको भनिएको छ ।

कांग्रेस काठमाडौँको मतदान सकियो, केहीबेरमा मतगणना हुने
नेपाली कांग्रेस काठमाडौँको मतदान सकिएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज बिहान १० बजेदेखि सुरु भएको मतदान केही बेर अगाडि सम्पन्न भएको हो । मतदानमा तीन हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधिले भाग लिएका छन् ।

काठमाडौँ कांग्रेसका सभापति कृष्ण (सबुज) बानियाँले सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएकाले आज रातिदेखि नै मतगणना गरिने जानकारी दिनुभयो ।

सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको काठमाडौँमा १० निर्वाचन क्षेत्र, २० प्रदेश सभा निर्वाचन क्षेत्र, १० नगरपालिका र एक महानगरपालिका तथा १३८ वडा रहेका छन् । कांग्रेस काठमाडौँको वडा अधिवेशन, पालिका अधिवेशन, प्रदेशसभा क्षेत्र अधिवेशन र क्षेत्रीय अधिवेशन यसअघि नै सम्पन्न भइसकेको छ ।

काठमाडौँ कांग्रेसको सभापतिका लागि वर्तमान सभापति बानियाँ र क्षेत्र नं २ का सभापति उपेन्द्र कार्कीबीच समूहसहित प्रतिस्पर्धा भएको छ । बानियाँ समूहको उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी र सहसचिवमा रोमेल श्रेष्ठ र प्राडा अमिता प्रधानले उम्मेदवारी दिनुभएको छ ।

यस्तै कार्की समूहको उपसभापतिमा धर्मराज अर्याल र रामलाल श्रेष्ठ, सचिवमा कुमारराज सुवेदी र सागर रञ्जित तथा सहसचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधानले उम्मेदवारी दिनुभएको छ । कांग्रेसको प्रदेश अधिवेशन यही मङ्सिर १६ र १७ गते तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्ने तय भएको छ ।