मलेसियास्थित नेपाली दूतावासको सम्पर्क जानकारी

जागृति खबर संवाददाता

काठमाडौं ।

मलेसियामा रहेको नेपाली दूतावासले नयाँ कामदार मलेसिया जान सक्नेबारे कुनै पनि औपचारिक जानकारी नआएको जनाएको छ ।

मलेसियाको रोजगारी खुलेको र दूतावासबाट माग पत्र प्रमाणीकरण भइरहेको भन्ने विषयमा ध्यानाकर्षण भएको भन्दै दूतावासले भिसाको म्याद भएकाहरू मलेसिया आउन सक्ने व्यवस्था भए पनि नयाँ कामदार आउन पाउने बारे कुनै जानकारी नआएको जनाएको छ ।

भिसाको अवधि भएकाहरूले मलेसियाको अध्यागमन विभागबाट स्वीकृति लिएर सात दिनको क्वरेण्टीन बस्ने गरी मलेसिया जान सक्नेछन् ।

कोरोना महामारी रोकथामका लागि मलेसिया सरकारले सन् २०२० को मार्च १८ देखि नै आवागमन नियन्त्रण गरेको छ । मलेसियाले आवागमन नियन्त्रण लागू गरेदेखि नै दूतावासले स्थगित गरेको माग पत्र प्रमाणीकरणको काम अहिलेसम्म पनि सुरु भएको छैन ।

माग पत्र प्रमाणीकरणको काम सुरु हुनासाथ सूचना जारी गरिने हुँदा अहिले अन्य कुरामा भ्रममा नपर्न दूतावासले अनुरोध गरेको छ ।

03-20201901 (Labour Section) Hotline Number: 016-2472777 (Please call the landline number only during office hours.), Saturday and Sunday are holidays. Email: [email protected] | [email protected] (for Labor problems) [email protected] (Passport/Consular/Visa) [email protected] (Jail/Legal/Rescue)

Please ensure that your documents [Passports/Travel Documents/Visa/Check Out Memo etc] are valid for travel. For urgent matters please contact Embassy Hotline: +60162472777