चिसोसँगै कोरोना संक्रमण बढ्न थालेपछि फेरि लकडाउन हुने !

रामेछाप खबर संवाददाता

८ मंसिर, काठमाडौं ।

कोरोनासंक्रमणको तीनवटा लहर पार गरिसकेको बेलायतमा अहिले पनि संक्रमण दर उच्च छ । पछिल्लो एक महिनायता दैनिक संक्रमित संख्या लगातार ३० हजार भन्दा बढी छ भने केहि दिनयता दैनिक ४० हजार भन्दा बढी संक्रमित भइरहेका छन् ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्यांक अनुसार आइतबार ४० हजार भन्दा बढी संक्रमित भएका थिए । सोमबार ४४ हजार भन्दा बढी रहेकोमा मंगलबार थप ४२ हजार ४८४ नयाँ संक्रमित थपिएका छन् ।

यससँगै बेलायतमा कुल संक्रमितको संख्या झन्डै एक करोड पुग्न लागेको छ । मंगलबारसम्मको तथ्यांक अनुसार यहाँ ९९ लाख ३२ हजार ४०८ जना संक्रमित भइसकेका छन् ।

चिसोको प्रभाव बढ्दै गएपछि युरोपका कतिपय भागमा लकडाउन सुरु भइसकेको छ भने अन्य भागमा पनि लकडाउन हुने सम्भावना बढेको छ । विशेषगरि पश्चिमी युरोपमा संक्रमणको प्रभाव अत्यधिक बढ्न थालेको छ । विश्व स्वास्थ्य संगठनले यसअघि नै युरोप कोरोना संक्रमणको केन्द्रविन्दु बन्ने चेतावनी दिइसकेको छ ।

गण्डकीमा कांग्रेसका जिल्ला सभापतिदेखि सांसदसम्म पराजित

नेपाली कांग्रेस १४औं महाधिवेशनको संघारमा छ । वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै जिल्ला संरचनाको अधिवेशनको तयारीमा छ । गण्डकीका ३ जिल्लामा यसअघि नै जिल्ला निर्वाचन सकिएको छ । मनाङ, मुस्ताङ र गोरखामा सर्वसम्मत नेतृत्व चयन भयो । बाँकी ८ जिल्लामा अहिले क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन करिब सकिने चरणमा छ ।

जिल्लाको नेतृत्व गर्न महाधिवेशन प्रतिनिधि जित्नै पर्ने विधानको व्यवस्था अनुसार उम्मेदवारहरू बढी भए । गण्डकीका केही जिल्लामा अनौठो नतिजा आइहरेको छ । स्याङ्जा र बागलुङमा बहालवाला जिल्ला सभापति नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । स्याङ्जाका बहालवाला सांसद पराजित भएका छन् भने कतिपय जिल्लामा पूर्व सांसद र प्रभावशाली नेताले हारेका छन् ।

स्याङ्जाका सभापति कुमार रानाले महाधिवेशन जितेनन् । उनी नयाँ कार्यकालका लागि पनि सभापतिको दाबेदार थिए । प्रतिनिधिसभाका समानुपातिक सांसद मोहन पाण्डे समेत चुनाव जितेनन् ।

बागलुङमा जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेलको पार्टी राजनीति महाधिवेशन प्रतिनिधि नपुग्दै अड्किएको छ ।

कास्कीबाट पूर्वराष्ट्रिय सभा सदस्य बृन्दादेवी राना पराजित भइन् । जिल्ला सभापतिमा दाबी गरिरहेका कृष्ण कार्कीसमेत महाधिवेशन प्रतिनिधिमै रोकिए । पार्टीभित्रको गुटका कारण प्रभावशाली नेताले पराजय भोग्नुपरेको जिल्लास्थित नेता बताउँछन् ।

गण्डकीमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका स्थानीय नेताबीच कडा प्रतिस्पर्धा छ । हालसम्मको नतिजामा पौडेल समूह केही अगाडी छ भने यसअघि कमजोर देउवा गुट यो निर्वाचनमा केही सुधारिएको छ ।