कोरिया जाने श्रमिकबाट बढी पैला लिन खोज्ने होटेलमै पुगेर श्रममन्त्रीले यसरी तह लगाए !

रामेछाप खबर संवाददाता

८ मंसिर, काठमाडौं ।

होटल क्वारेन्टिनमा बसेकाहरुबाट बढी पैसा लिन खोज्ने होटलमै पुगेर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान कुमार श्रेष्ठले बसेको भन्दा बढी पैसा नलिन निर्देशन दिएका छन्।

कोरिया जान क्वारेन्टिन बसेका युवाहरुले आफुहरुबाट होटेलले क्वारेन्टिनमा बसेको भन्दा बढी दिनको पैसा लिएको गुनासे गरेपछि मन्त्री श्रेष्ठ उक्त होटेलमै पुगेर क्वारेन्टिन बसेको भन्दा बढी पैसा लिए थुन्ने चेतावनी दिए। उनले बढी लिएको रकम समेत फिर्ता गर्न निर्देशन दिए।

इपिएस मार्फत कोरिया जान लागेका युवाहरुलाई कोरोना संक्रमण जोखिमका कारण कोरिया उड्नु अघि एक साता क्वारेन्टिन बस्ने व्यवस्था गरिएको छ। तर उडान तालिका ढिला आएका कारण युवाहरु क्वारेन्टिन पुग्न ढिला भएको र जाने प्रक्रिया मिलाउन समस्या हुँदा सातै दिन क्वारेन्टिन बस्न नपाएको तर होटेलले भने जति दिन बसेपनि सातै दिनको पैसा तिर्न दवाव दिएको भन्दै उनिहरुले श्रम मन्त्रालयमा गुनासो गरेका थिए।

कोरोनाका कारण झण्डै २ वर्षसम्म रोकिएको कोरिया रोजगारी सुचारु भएको छ। पहिलो लटमा कार्तिक १० मा ४५ कमिटेड कामदार कोरिया उडेका थिए। बुधबार दोस्रो लटमा नेपाली कामदार कोरिया जाँदै छन्।