मलेसियास्थित नेपाली कामदारलाई दुख पर्यो यो नम्बरमा सम्पर्क जानकारी लिनु होला !

जागृति खबर संवाददाता

काठमाडौं ।

मलेसियामा सुरक्षागार्डको रुपमा काम गरिरहेका एक नेपालीलाई कुटपिट भएको भिडियो सम्बन्धमा मलेसियास्थित नेपाली दूतावासले ध्यानाकर्षण भएको जनाएको छ।

दूतावासले एक सूचना जारी गर्दै पीडित भनिएका युवालाई सम्पर्कमा आउन आग्रह पनि गरेको छ।

घटनाको थप अनुसन्धानका लागि राजदूतावासको पहलमा मलेसिया प्रहरीमा प्रारम्भिक उजुरी गरिसकिएको पनि दूतावासले जनाएको छ।

‘मलेसियामा सेक्युरिटी गार्डलाई कुटपिट गरेको सामाजिक सञ्जालमा आएको भिडियो सम्बन्धमा नेपाली राजदूतावास क्वालालम्पुरको गम्भीर ध्यानाकर्षण भएको छ। सो घटनाको थप अनुसन्धानका निम्ति राजदूतावासको पहलमा मलेसिया प्रहरीमा प्रारम्भिक उजुरी गरिसकिएको छ’, सूचनामा उल्लेख छ।

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ। जसमा एकजना सुरक्षा गार्डमाथि निर्घात कुटपिट गरिएको देखिन्छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले कुटिएका सुरक्षा गार्ड नेपाली भएको दाबी गरेका छन्।

नेपाली दाबी गर्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि क्वलालम्पुरस्थित नेपाली दूतावासले चासो देखाएको हो।

क्वालालम्पुर-काठमाडौं नियमित उडान सुचारु

क्वालालम्पुरदेखि काठमाडौंसम्म ४ वटा नियमित उडान हुन सक्छन् – २ नेपाली एयरलाइन्सको र २ मलेशियन एयरलाइन्सको।

यात्रुहरूले निम्न नियमहरू पालना गर्न आवश्यक छ। बार कोड/क्यूआर कोड र फोटो सहितको कोभिड-१९ पीसीआर रिपोर्ट काठमाडौं आइपुगेको ७२ घण्टा भित्र।
क्वारेन्टाइनका लागि तोकिएको होटलमा होटल क्वारेन्टाइनको लागि कम्तिमा ७ दिनको होटल बुकिङ। COVID-19 खोपको पूर्ण डोज लिएका यात्रुहरूले नेपाल जान होटल क्वारेन्टाइन बुक गर्नु पर्दैन।

बारकोड नम्बर सहितको CCMC फारम र यसको स्क्रिन शट प्रिन्ट विधिवत रूपमा भर्नुहोस्। कृपया सुनिश्चित गर्नुहोस् कि तपाइँका कागजातहरू [पासपोर्ट/यात्रा कागजातहरू/भिसा/चेक आउट मेमो आदि] यात्राको लागि मान्य छन्।

अत्यावश्यक मामिलाहरूको लागि कृपया दूतावास हटलाइनमा सम्पर्क गर्नुहोस्: +60162472777