१०२ कम्पनीको सेयर मूल्य बढ्यो यी हुन् कम्पनी !

जागृति खबर संवाददाता

काठमाडौं, ८ मंसिर ।

बुधबार सेयर बजारको परिसूचक नेप्से झिनो अंकमा हरियो रह्यो । १. ८२ अंकले बढेसँगै परिसूचक २७३४ अंकमा कायम भएको छ । कुल ४ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि मंगलबार ४ अर्ब १६ करोड रुपैयाँको धितोपत्र कारोबार भएको थियो ।

१०२ कम्पनीको सेयर मूल्य बढ्यो भने ७६ कम्पनीको घट्यो । ९ कम्पनीको मूल्य स्थिर रह्यो ।मैलुङखोला जलविद्युतको मूल्य सबैभन्दा धेरै ९.४ प्रतिशतले बढ्यो । कर्णाली विकास बैंक र पन्चकन्या माइ हाइड्रोको मूल्य ६ प्रतिशतले बढ्यो ।

बैंकिङ उपसमूह ७, जीवन बीमा ६१ र ब्यापार ३८ अंकले घटे । तिबाहेकका सबै उपसमूह बढेका छन् । विकास बैंक ४२, फाइनान्स ३५, होटल तथा पर्यटन २, जलविद्युत २३, उत्पादन २६, निर्जीवन बीमा ३६, अन्य ५ र माइक्रोफाइनान्स उपसमूह ३ अंकले बढे । धेरै रकमको कारोबार हुनेमा नेपाल टेलिकम अग्रस्थानमा रह्यो ।

सामान्य अंकले बढ्यो नेप्से, अन्य सूचक यस्तो छ

साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । मंगलबार दोहोरो अंकले घटेको सेयर बजार बुधबार एक दशमलव ८२ अंकले बढेर दुई हजार सात सय ३४ दशमलब ९४ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । नेप्सेमा २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब २१ करोड ७४ लाख बराबरको कारोबार भएको छ ।

मंगलबार पनि नेप्सेमा चार अर्ब १६ करोड ५८ लाख बराबरको कारोबार भएको थियो । बुधबार सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीले गरेको छ । यस बैंकले २६ करोड १५ लाख भन्दा बढीको कारोबार गरेको छ ।

बुधबार कारोबारमा आएका बैंकिङ, व्यापार, जीवन बिमा समूहको सूचकबाहेक सबै समूहको सूचकमा सामान्य अंकको गिरावट आएको छ । एउटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको नेप्सेले जनाएकाे छ । सेयर मूल्यमा उच्च वृद्धि हुने कम्पनीमा मैलुङ खोला जलविद्युत कम्पनी छ । यस कम्पनीको सेयर मूल्य नौ दशमलव ४७ प्रतिशतले बढेर प्रतिकित्ता ५६५ रुपैयाँ पुगेको छ ।

बुधबार गोर्खाज फाइनान्स, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी, र एनआईसी एसिया लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै नोक्सान व्यहोरेका छन् । बुधबार यी कम्पनीको सेयर मूल्य दुई प्रतिशत भन्दा बढीले ओरालो लागेको छ ।